spot_img
Saturday, July 27, 2024
Homeब्यानरजातीय भेदभाव र छुवाछुतको अन्त्य तथा सामानुपातिक प्रतिनिधित्वको कार्यान्वयनको माग सहित नरैनापुरमा...

जातीय भेदभाव र छुवाछुतको अन्त्य तथा सामानुपातिक प्रतिनिधित्वको कार्यान्वयनको माग सहित नरैनापुरमा सभा सम्पन्न

spot_img

राष्ट्रिय जातीय विभेद दिवशको अवसरमा बाँकेको नरैनापुर गाँउपालिकामा बुधबार बृहत सभा सम्पन्न गरिएको छ । राष्ट्रिय जातीय विभेद दिवश मार्च २१ मा मनाईन्छ । समाजबाट विभेद उन्मुलन गर्न संघर्ष गर्दै आएका बिभिन्न संघ संस्थाहरुको आयोजना तथा नरैनापुर गाँउपालिकाको सहयोगमा २१ मार्चको अवसरमा दलित समुदायको राज्यको संरचनामा पहुँच, अवसर, चुनौतीको समीक्षा एवंम आगामी रणनिति विषयक १ दिवसीय वृहत सभा नरैनापुर ४, दलित निगरानी केन्द्र खोदावामा भएको हो ।
दलित संघर्ष समिति नरैनापुर, दलित सेवा संघ नरैनापुर, तराई दलित बिकास मञ्च केन्द्रिय कार्यालय नरैनापुर, दलित एकता संजाल नरैनापुर, जय दुर्गा कृषि सहकारी संस्था लि।, बुद्ध भुमि अपाङ्ग सेवा संघ बाँकेको आयोजनामा उक्त कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाँउपालिका प्रमुख इस्तीयाक अहमद शाहले व्यानर पढेर कार्यक्रम उद्धघाटन गरेका थिए ।
गाँउपालिका प्रमुख शाहले शिक्षाको बिकास गर्न सकेमात्र समृद्ध गाँउपालिका बनाउन सकिने बताएका छन । दलित माथि हुने बिभिन्न सामाजिक विभेदबाट समुदायलाई उन्मुलन गर्न शिक्षालाई प्राथमिक्ता दिनु पर्छ र नितिगत रुपमा गाँउपालिकाले शिक्षामा समेत बिकास गरेको शाहले बताए । तर बिद्यालयमा बिद्यार्थी भर्ना गर्ने कार्य भने नरैनापुरवासीको पहिलो जिम्मेवारी रहेको छ । दलितहरुका लागि राज्यले गरेको अनुदानको व्यवस्थालाई समेत प्रभावकारी रुपमा अगाडी बढाईने शाहले बताएका छन ।५७ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सबै प्रकारका जातिय भेदभाव र छुवाछुतको अन्तय गर्नुपर्ने र राज्यका सबै तहमा सामानुपातिक प्रतिनिधित्वको कार्यान्वयन हुनुपर्ने माग सहित सभा सम्पन्न गरिएको हो ।दलित संघर्ष समितिका संयोजक मोलहे धावीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता पोषण केसी, भरत बस्नेत, जायन्ती देवी श्रीवातव, दलित सेवा संघका अध्यक्ष कृष्ण बि.क., नेपाल शिक्षक महासंघका अध्यक्ष पवन कुमार यादव लगायतको उपस्तिथि रहेको नेपाली कांग्रेस ट्रडयुनियनका बाँकेका सचिव तोजेन्द्र विकले बताए । कार्यक्रम शियाराम धोवीले संचालन गरेका थिए नरैनापुर गाउँपालिका ४ मा दलित निगरानी केन्द्र भवनको समेत स्थापना गरिएको छ । उक्त केन्द्रको उद्घाटन गाउँपालिका प्रमुखले गरे पश्चात् गत मङ्सिर ५ गतेबाट संचालनमा आएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here