spot_img
Tuesday, December 3, 2024
Homeब्यानरघाट व्यवस्थापन गर्न बाँके र बर्दिया सबै पालिकाको नाममा अदालतद्धारा आन्तरिम आदेश

घाट व्यवस्थापन गर्न बाँके र बर्दिया सबै पालिकाको नाममा अदालतद्धारा आन्तरिम आदेश

spot_img


मानिसको मृत्युपछि शमसान भुमिमा गरिने अन्तिम संस्कारको सम्पुर्ण व्यवस्थापन गर्नका लागि उच्च अदालत नेपालगन्जले सरोकारवालाको नाउमा अन्तरिम आदेश जारी गरेको छ । अदालतले बाँके र बर्दिया जिल्लाका सबै पालिका अन्र्तगत रहेका मसान घाटहरुमा दाह संस्कारका लागि निशुल्क दाउरा उपलब्ध गर्न गराउनु, कोभिड १९ को संक्रमणबाट बच्न र बचाउन दाह संस्कारका लागि घाटमा जाने मानिसहरुका लागि मास्क, सावुन पानीको उचित व्यवस्थापन गर्न गराउनु र दाह संस्कार गरिने घाटहरुमा अविलम्ब विजुली बत्तीबाट उज्यालो हुने व्यवस्था गर्न आदेश गरिएको छ ।
उच्च अदालतका वरिष्टतम न्यायधिस डा. रत्नबहादुर बाग्चन्दको एकल इजलासले बाँके र बर्दियाका प्रशासन कार्यालय, सबै स्थानीय तह, प्रदेश र संघिय अन्र्तगतका कार्यालयहरुको नाउमा सोको व्यवस्था गरि तत्काल कार्यन्वयन गर्न अन्तरिम आदेश जारी गरेको हो । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीसहित सात जनाले अदालतमा सोमबार दर्ता गराउनु भएको रिट निवेदनमाथी आज मंगलबार भएको सुनवाईमा उक्त आदेश गरेको छ ।
मृत्यु संस्कार जस्तो मानिसको भावनात्मक सम्वन्ध जोडिएको समाजको दैनिक जीवनसंग सम्वन्धित विषयबस्तु सन्निहित भएको आधारमा प्रस्तुत निवेदनलाई अधिकार प्रदान गरिएको छ । मानिसको मृत्यु हुदा दाह संस्कार गरिने कार्य अपर्झट व्यक्ती र समाजमा आइपर्ने र सोको सार्वजनिक व्यवस्थापन सहज र औचित्यपुर्ण हुनुपर्ने तथा शिघ्रताका दृष्टिले विलम्ब हुन नहुने हुदा स्थानीय सरकारको जिम्मेवार अंगको रुपमा रहेका पालिकाहरुले आफ्नो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको परिवार र समाजमा आइपर्ने पीडा र वेदनाको क्षणमा भौतिक व्यवस्थापकिय पक्षमा अभिभावकीय भुमिका निर्वाह गर्नु परम कर्तव्य हुने देखिदा अदालतले उक्त आदेश गरेको छ ।
नयाँ भेरियन्टसहितको कोभिड—१९ कोरोनाको महामारी बाँके र बर्दिया जिल्लामा दिन प्रतिदिन बढ्दो मात्रामा रहेको र साधन श्रोतको कमी एवं दक्ष जनशक्तिको अभावका कारण महामारीको नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा प्रभावकारी उपाय अवलम्वन गरिएको पाइन्दैन । उपभोक्ताले गुणस्तरीय सेवा पाउन सकिरहेको अवस्था छैन धेरै नागरिकहरुको मुत्यु भई रहेको छ । मृत्यु पछि आ आफनो धर्म रिति रिवाज अनुसार शमशान घाटमा व्यवस्थित रुपमा काजक्रिया गर्न पाई रहेको अवस्था छैन ।
घाट व्यवस्थापनका लागि सम्वन्धित स्थानीय तहहरुले खासै चासो नदिएको भन्दै सार्वजनिक सरोकारको विषय भन्दै बाँके र बर्दियाका नागरिकहरुका तर्फबाट अदालतमा रिट निबेदन दर्ता गरिएको थियो । नेपालगन्जका विश्वजित तिवारी, कृष्णमुरारी प्रसाद भटट, शैलेन्द्रकुमार बैश्य, सुनिलकुमार श्रेष्ठ, बसन्त गौतम, श्रेयम काफ्ले, र बर्दिया सिमा हमालले दयार गर्नुभएको रिटमाथी मंगलबार भएको सुनुवाईमा अधिबक्ताहरु सुनिलकुमार श्रेष्ठ, विश्वजित तिवारी, केवलसिंह थारु, बसन्त गौतम, सुदिप भटराई र सुरेश गौतमले बहस गर्नुभएको थियो ।
आइएचआरसी संस्थाले सार्वजनिक सरोकारका सवालहरुमा नागरिक समाजको नेतृत्व गर्दै सरोकारवाला निकायलाई कार्यन्वयन गर्न गराउनका लागि निरन्तर अदालतमा रिट दायरसंगै कार्यन्वयनका लागि खबरदारी गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.