spot_img
Saturday, July 27, 2024
Homeराजनीतिकोहलपुरमा एमाले उम्मेदवारको प्रतिवद्धता : मुक्त कमैया वस्तीलाई नमूना बनाउने

कोहलपुरमा एमाले उम्मेदवारको प्रतिवद्धता : मुक्त कमैया वस्तीलाई नमूना बनाउने

spot_img

नेकपा एमालेले कोहलपुरमा ‘हामी बनाउछौैं–हाम्रो कोहलपुर, राम्रो कोहलपुर’ नारा सहित भौतिक पूर्वाधार तथा यातायातको विकासका सवालमा बिभिन्न प्रतिवद्धताहरु गरेको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार खिलप्रसाद भुषाल र उपमेयर उम्मेदवार अस्मिताकुमारी थारुले विकासका अन्य क्षेत्रहरुलाई समेत उच्च प्राथमिकतामा राखेको छन् ।

 पूर्वाधार निर्माणको सवालमा मुक्त कमैया वस्तीलाई नमूना वस्तीका रुपमा विकास गर्ने उद्घोष गरेको छ । त्यस्तै प्रत्येक वडामा बालबालिकाका लागि चिल्ड्रेन पार्कको निर्माण, एक एक सुविधा सम्पन्न सामुदायिक भवन, मुस्लिम, मधेशी, आदिवासी÷जनजाति लगायत सबै लाभान्वित हुने गरी धर्मशाला निर्माण गर्ने प्रतिवद्धता गरेका छन् ।

विद्युत्, टेलिफोनका तार, टि.भि. केवल र खानेपानीका पाइपहरु व्यवस्थित गर्ने, नगरपालिकाको सम्पूर्ण क्षेत्रलाई जोड्ने तथा समेट्ने गरी बाहिरी र भित्रि चक्रपथ बनाउने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत् नगरपालिकाको केन्द्रसँग जोड्ने र हरेक वस्तीहरुलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, जीर्णअवस्थाका धार्मिक स्थलहरुको मर्मतसंभार गर्ने र योग तथा ध्यान केन्द्रको निर्माण गर्ने,  प्रत्येक वडामा एक एकीकृत सेवा केन्द्रको स्थापना गर्ने र छरिएका वस्तीहरुलाई एकीकृत गरी एकीकृत शहरी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता गरिएको छ ।

प्रत्येक वडामा पुस्तकालय÷वाचनालय, स्थानीय संस्कृति झल्कने संग्रहालय, प्रसुति केन्द्र (बर्थिङ सेन्टर), वडा प्रहरी कार्यालय, पशु उपचार तथा कृषि केन्द्र, पार्क, बालगृह, बालउद्यान, बाल विकास केन्द्र, जेष्ठ नागरिक विश्रामगृह, तालिम केन्द्र र खेलकूद मैदान लगायतका आवश्यक संरचनाहरु निर्माण गर्दै  टाउन प्लानिङका पार्कहरुको स्तरोन्नतिका लागि गुरुयोजना तयार पार्ने प्रतिवद्धता उल्लेख छ ।

सार्वजनिक जग्गाको खोजी, पहिचान, संरक्षण र उपयोग  गर्ने, पाालिका बनाउने क्रममा नगरपालिकामा गाभिएका नयाँ क्षेत्रहरुमा विद्यालय, स्वास्थ्य चौकी लगायतका संरचना निर्माणलाई प्रोत्साहित गर्दै ती क्षेत्रहरुमा शहरीकरणलाई तीब्र र व्यापक बनाउने, संघ र प्रदेशसँग सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद् पिडित आवास तथा दलित समुदायको आवास कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने, फुसको छाना विस्थापित गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

कोहलपुरको चप्परगौडी देखि सल्यानको घुइयाबारी जोड्ने अन्तरप्रदेश (लुम्बिनी र कर्णाली प्रदेश) सडक, १,००० सिट क्षमताको आधुनिक र सुविधा सम्पन्न सभागृह, रिङ्गरोड, कर्भड हल, २५ शैय्याको बाल अस्पताल, १५ शैयाको आधारभूत अस्पताल, तिलगंगा आखा अस्पतालको कोहलपुर युनिट, योग एवं प्राकृतिक अस्पताल निर्माण तथा संचालन गर्ने र  गोलपार्कमा निर्माणाधीन भ्युटावरको निर्माण सम्पन्न गरी संचालनमा ल्याइने, कोहलपुर वडा नं. ११ को चौराह उत्तरमा आधुनिक पार्क र बहुउद्धेशिय आधुनिक रंगशाला निर्माण गर्ने, कोहलपुर नगरपालिकामा प्राविधिक शिक्षालय, औधोगिक ग्राम तथा औधोगिक क्षेत्र, अटो भिलेज निर्माण लगायत न्युनतम सहरी पुर्वाधारहरुको विकास गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
प्रतिवद्धतापत्रमा सिक्टा सिंचाई आयोजनाबाट प्रभावित किसानहरु र जग्गा धनीहरुलाई उचित मुअब्जा वितरण तथा यसले कोहलपुर क्षेत्रमा सिर्जना गरेको डुवानको समस्या समाधान गर्ने र समयमा नै आयोजना निर्माणको कार्य सम्पन्न गर्नका लागि पहल गर्ने,वडा नं. ११ स्थित लोकनगरमा रहेको मुक्त कमैया वस्तीलाई नमुना वस्तीको रुपमा विकास गर्ने, स्थानीय जनताहरुले भोगचलन गर्दै आएको साविक चटार ८ (क) को सार्वजनिक ऐलानी पर्ति जग्गा नेपाल सरकारको नाममा जग्गा धनी पुर्जा कायम गरेकोमा सो समस्याको न्यायोचित समाधान गरी भोगचलन गर्नेहरुको स्वामित्व कायम गर्नका लागि पहल गर्ने उल्लेख गरिएको छ ।

त्यसै गरी साविक रझेना ७ क र ख को नक्शा बमोजिम फिल्डमा जग्गा नपुग भएर सिर्जित समस्याको समाधानका लागि पहल गर्ने, नगरपालिकाभित्र विभिन्न स्थानको डुवान तथा ढलनिकासको समस्या समाधान गर्न निर्माण गरिएको गुरुयोजनाको कार्यान्वयन गर्ने, पेडारीनाला, रोहिणीखोला, डुडुवा र किरणखोलामा आवश्यक स्थानहरुमा पुलहरु निर्माण गर्ने, रोहिणीखोला तटबन्ध निर्माण गर्ने र डुडुवामा तटबन्ध, ग्रिनबेल्ट, पदमार्ग तथा करिडोर निर्माण गर्ने प्रतिवद्धता गरिएको छ ।

नगरपालिका क्षेत्रभित्र रहेका राजमार्गहरुको संघीय सरकारसँग समन्वय गरी स्तरोन्नति गर्ने, आधुनिक बधशाला तथा शवदाहगृहको निर्माण कार्य अघि बढाउने, नगरपालिकाभित्र २ फेज विद्युत लाइनलाई ३ फेज बनाई आवश्यक ठाउँमा ट्रान्सफरमर राख्ने, सडकहरुलाई चौडा बनाउन¬को साथै जेब्रा क्रसिङ लगायत सडक संकेतहरुको व्यवस्था गर्ने, पैदल यात्रु तथा साइकल यात्र¬का लागि अलग लेनको व्यवस्था गर्ने, मूल सडक र प्रत्येक चोकमा हाइमास्क लाइट जडान गर्ने,स्थानीय सार्वजनिक सवारी साधनहरुको पार्किङको लागि निश्चित स्थलहरुको व्यवस्था गरिनेछ र जथाभावी पार्किङलाई कडाइका साथ नियन्त्रण गर्ने प्रतिवद्धता गरिएको छ ।

विद्युतीय सवारी साधनको संचालनमा विशेष जोड दिइने र विद्युतीय सार्वजनिक नगरवसको व्यवस्था गर्ने, साझाचोक र न्युरोड चोकमा आकासे पुल को निर्माण गर्ने, लामो दुरीका सवारी साधनहरुको लागि निर्माणधीन बस टर्मिनलको निर्माण सम्पन्न गरी संचालनमा ल्याउने, वातावरण मैत्री, यात्रुमैत्री, अपाङता र लैङ्गिकमैत्री तथा सवारी जोखीम न्य¬निकरण गर्ने गरी यातायात प्रणालीको स्थापना तथा प्रवद्र्धन गर्ने, ई–अटोरिक्साको लाइसेन्स, पार्किङ र संचालन प्रक्रियालाई व्यवस्थित गर्ने, पूर्व स्वीकृति नलिई कुनै ब्यक्ति, संस्था वा कम्पनीले जथाभावी जग्गा प्लटिङ वा प्लानिङ गर्न नपाइने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here