spot_img
Saturday, July 27, 2024
Homeब्यानरकोरोना बीमाको रकम भुक्तानी माग गर्दै मुद्दा

कोरोना बीमाको रकम भुक्तानी माग गर्दै मुद्दा

spot_img

कोरोना संक्रमणको बीमा गरेका विमित उपभोक्ताले बीमा रकम पाउन नसकेको विषय अदालतसम्म पुगेको छ । बाँके नेपालगञ्‍जका ७ जना अधिवक्ता र अधिकारकर्मीहरूले सार्वजनिक सरोकारको विषयमा उच्च अदालत नेपालगञ्‍ज र उच्च अदालत तुल्सीपुरमा बीमाको रकम भुक्तानी माग राख्दै परमादेशको रिट दायर गरेका हुन् । बाँकेमा रहेका शिद्धार्थ, शिखर, राष्ट्रिय बीमा संस्थान लगायत २० वटा बीमा कम्पनीहरूले कोरोना बीमा गराए पनि सम्झौता अनुसार बीमा रकम उपलब्ध नगराएको भन्दै अधिवक्ता विकास आचार्य, नेपाल बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता सुनील कुमार श्रेष्ठ, अधिवक्ता बसन्त गौतम, अधिवक्ता विश्वजीत तिवारी, बल बहादुर चन्द र (इन्सेक) का भोला महतले संयुक्त रुपमा सोमबार परमादेश माग गर्दै रिट दायर गरेका हुन् ।


कोरोना संक्रमणको सुरुआती अवस्थामा सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै बीमा गरेका विमितले दाबी गरेको लामो समयसम्म पनि बीमा वापतको रकम पाउन नसकेपछि रिट दायर गरिएको नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुनील कुमार श्रेष्ठले बताए । पहिलो संक्रमणको बेला बीमा गराएका सिमित विमितले रकम पाए पनि अधिकांशले बीमाका उपभोक्ताले बीमा रकम पाउन सकेका छैनन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here