spot_img
Saturday, July 27, 2024
Homeब्यानरकोभिडले होटल व्यवसायी धरासायीःबाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ

कोभिडले होटल व्यवसायी धरासायीःबाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ

spot_img

कोभिडले धरासायी पारेको होटल व्यवसायीहरु पछिल्लो समय केही उठ्न थाले पनि अझै पनि आर्थिक पाटोमा बाँकेका होटल व्यवसायी सवल हुन नसकेको पाइएको छ । बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको छलफलमा यस्तो विषय उठेको हो ।बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष उमा ग्राण्डनले बाँके लगायत सिंगो देशका होटल व्यवसायीहरुको व्यवसाय धरासायी भएको अवस्थामा नेपाल सरकारले केही भए पनि सहयोग गर्नु पर्ने बताईन । अध्यक्ष ग्राण्डनले भनिन,“अहिलेको अवस्थामा होटल व्यवसायीहरु भर्खर मात्रै अलि अलि सुधार हुदै गर्दा नेपाल सरकारले केही विषयमा छुट दिनु पर्ने हुन्छ तर त्यसो हुन नसक्दा होटल व्यवसायीको आर्थिक भार अझै माथि उठ्न सकेको छैन ।”यसैगरी व्यवसायीको हितमा हुने कार्यक्रमहरु आगाडि ल्याउनु पर्ने संघका सहसचिव रतन बुढा क्षेत्रीले बताए । छलफलमा सहभागि भएका संघका कोषाध्यक्ष घनश्याम थापाले अवका दिनमा संघलाई मजबुद तथा होटल व्यवसयीहरुको लागि भनेर काम गरीने बताए ।संघका सहकोषाध्यक्ष रविन्द्र लामिछानेले पछिल्लो समय कोभिडले थला परेका बाँकेका होटल व्यवसायीहरुलाई आर्थिक लाभ हुन सक्ने किसिमका कार्यक्रमहरु ल्याउनु पर्ने बताए । सहकोषाध्यक्ष लामिछानेले भने,“कोभिड सकिए पछि कसैलाई होटल व्यवसायीहरुको बारेमा ध्यान छैन तर उनीहरु आर्थिक रुपमा थला परेको छन यसको लागि आर्थिक लाभका कार्यक्रम ल्याउनु पर्दछ ।”पछिल्लो बाँके होटल तथा रेष्टुरेन्ट सघ ले होटल व्यवसायीहरुसंग भेट्ने र उनीहरुको पिर मर्का बुझ्ने काम गरी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here