spot_img
Saturday, July 27, 2024
Homeब्यानरकेरासँग किन डराउँछ भाले मुसा ? वैज्ञानिकले गरे अनौठो खुलासा

केरासँग किन डराउँछ भाले मुसा ? वैज्ञानिकले गरे अनौठो खुलासा

spot_img

वैज्ञानिकहरुले हालै एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । उनीहरुका अनुसार मुसा केरासँग डराउँछ । केराको बासनाले मुसालाई तनाव दिने वैज्ञानिकहरुको दाबी छ ।
क्यानडाको म्याकगिल विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा तनाव उत्पन्न गर्ने हर्मोन पत्ता लगाएका छन् ।स्तनपान वा गर्भवती मुसाको नजिक रहेको बेला अरु मुसामा यस्तो हार्मोन उत्पन्न हुने गरेको पाइएको छ । मुसाको पिसाबमा हुने एन पेन्टाइल एसिटेट नामको यौगिकका कारण मुसामा हर्मोनल परिवर्तन सुरु भएको थियो । सोही यौगिकका कारण केरामा विशेष सुगन्ध उत्पन्न हुन्छ ।साइन्स एडभान्सेस जर्नलमा प्रकाशित शोधका वरिष्ठ लेखक जेफ्री मोगिलका अनुसार अनुसन्धानका क्रममा प्रयोगशालामा एक गर्भवती मुसाको नजिकै राखिएको अर्को मुसाले अनौठो व्यवहार देखाउन सुरु गरेको थियो ।वैज्ञानिकका अनुसार यौन सम्बन्ध कायम नगरेको भाले मुसाले खासगरी आनुवंशिक तन्दुरुस्तीलाई अगाडि बढाउनका लागि शिशु हत्या जस्तो आक्रामकता समेत प्रदर्शन गर्ने गर्दछ । त्यस्ता सम्भावित आक्रमणकारीबाट आफ्ना बच्चालाई जेगाउनका लागि गर्भवती तथा स्तनपान गराइरहेका पोथी मुसाले आफ्नो शरीरबाट विशेष रसायन उत्सर्जन गर्दछ । उक्त रसायनको गन्ध भाले लगायतका अन्य मुसालाई मन पर्दैन र उनीहरु पोथी मुसाबाट टाढा भाग्दछन् ।वास्तवमा पोथी मुसाको पिसाबमा हुने रसायनका कारण भाले मुसाहरुमा तनावको स्तर बढ्दछ । वैज्ञानिकहरुले केराको तेलमा कपास चोपेर मुसाको पिँजडामा राखिदिए । मुसाको पिसाबमा पाइने उल्लेखित रसायन रहेको केराको तेलमा चोपेको कपासले पिँजडाका मुसाहरुमा तनावको स्तर ह्वात्तै बढाइदियो । यसबाट वैज्ञानिकहरुले मुसाहरु केरादेखि डराउने पुष्टि गरेका हुन् ।
–एजेन्सी

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here