spot_img
Saturday, July 27, 2024
Homeब्यानरकामको प्रलोभनमा पारी मानव बेचविखन गर्ने पक्राउ

कामको प्रलोभनमा पारी मानव बेचविखन गर्ने पक्राउ

spot_img

विभिन्न कामहरु लगादिने भन्दै कामको प्रलोभनमा पारी मानव बेचविखन तथा ओसापसारको आरोपमा कास्की जिल्ला पोखरा महानगरपालिकाबाट २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–६ शान्तिनगर स्थित ए वान रेष्टुरेन्टको संचालिका ईलाम ईलामा जिल्ला माई नगरपालिका– चिसापानी बस्ने २८ वर्षिय अस्मिता राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । रेष्टुरेन्ट संचालिका राईले रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वयटरको काम लगाईदिने भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरुलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले राई लाई पक्राउन गरेको हो । यसैगरी सोही गाउँपालिका ६ खहरे चोक स्थित होटल लिटिल हावेनका संचालका नुवाकोट तारकेश्वर गाउँपालिका–४ घर भएका विशाल भन्ने २७ वर्षिय विष्णु श्रेष्ठलाई मंगलबार विहान प्रहरीले पक्राउ गरको छ । श्रेष्ठले कुकको काममा लगाई भन्दै ललाई फलाई प्रलोभनमा पारी महिलाहरुलाई डर त्रासमा पारी यौन शोषण गराउने गरेको प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका राई र श्रेष्ठ उपर मानव बेचविखन तथा ओसार पसार मुद्धामा जिल्ला अदालत कास्कीमा ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहर िकार्यालय कास्कीले जनाकारी दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here