spot_img
Saturday, July 27, 2024
Homeब्यानरएकीकृत भन्सार जाँच चौकीले गति लिन सकेन

एकीकृत भन्सार जाँच चौकीले गति लिन सकेन

spot_img

मध्येपश्चिमको विशेष नाकाको रुपमा प्रयोग हुने बाँकेको नेपालगंज स्थीत जैसपुरमा निर्माणधीन एकीकृत भन्सार जाँच चौकीले (आई.सी.पी.) को निर्माण कार्यले अझै गति लिन सकेको छैन । मध्ये र पश्चिमको प्रमुख नाका बाँकेको नेपालगंजमा भारत सरकारको सहयोगमा बन्दै गरेको योजना एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य विविध कारण देखाई सुस्त हुदाँ गति लिन नसकेको हो । निर्माण सुरु भएको नौ महिना विति सक्दा मात्र २५ प्रतिशत कार्य सम्पन्न भएको छ । भारत सरकारको दुई अरव ३५ करोडको लागतमा एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य सुरु गरीएको हो ।२०७७ साल फागुन महिनामा निर्माण कार्य सुरु भएको योजना आगामी २०७९ जेठ महिना सम्ममा सम्पन्न गर्ने लक्ष्या रहेको भएता पनि निर्माणको गति लाई हेर्दा आगामी सात महिनामा भित्र योजना सम्पन्न हुनेमा शंका रहेको जानकारहरु बताउँछन ।
सन २००५ मा नेपाल र भारत सरकार बीच सम्झौता भएको योजना सम्झौता भएको २५ वर्ष पछि निर्माण कार्य सुरुको थियो । भारत सरकारले एकीकृत भन्सार जाँच चौकी निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यान्वयन स्वरुप भैरहवा,बीरगञ्ज,बिराटनगर र नेपालगंज गरी चार ठाउँमा सम्झौता भएको थियो जस मध्ये बिराटनगर र बीरगञ्जमा निर्माण भै संचालनमा आईसकेको छ ।


नेपालगंंजमा गत वर्ष असोज महिनामा सम्झौता भएर अहिले निर्माणधिन अवस्थामा रहेको नेपाल सरकार शहरी बिकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाई नेपालगंज बताउँछ ।कोभिड १९ को कारण प्रभावित भएको आयोजना वर्षामा पानी जमेर झन बढि प्रभावित भएको संघिय आयोजना कार्यान्वयन इकाईका सुचना अधिकारी होमनाथ भुसाल बताउँछन ।सुचना अधिकारी भुसालका अनुसार सुरुवातमा लामबन्दी गर्ने कार्यमा दुई तिन महिना लागेको र त्यस पछि निर्माण कार्य नियमित भएता पनि कोभिड १९ को दोस्रो भेरियन्ट कारण निर्माण कार्य ठप्प भएको थियो ।अधिकारी भुसालले निर्माण कार्य चलिरहदा अनुगमनका क्रममा निर्माण कम्पनीले कोभिड र बर्षाको कारण देखाउँदै समय थप गर्न भारत सरकारसंग अनुरोध गरेको बताए । उनले भने,“निर्माण कम्पनीले भारत सरकारसंग कार्य विस्तार समय थप गर्न माग गरिरहेको छ । चार महिना थप भयो भने १६ महिनामा कार्य सम्पन्न गर्ने उनीहरुले बताएका छन,”

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here