spot_img
Friday, July 26, 2024
Homeब्यानरआमा सेमिनारमा“३००”

आमा सेमिनारमा“३००”

spot_img

बाँकेको नेपालगजमा आमा सेमिनार हुने भएको छ । यही मंसिर २७ गते बुधबार १ दिवसीय आमा सेमिनार गर्न लागेको आयोजक मानव सेवा आश्रम नेपालगंंज बाँकेले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।आफुलाई जन्म दिने आमाबुवा प्रतिको भावनालाई महत्व दिदै राष्ट्रिता,मावनता लगायका उदेश्य राखि करिब तीन सय जनाको उपस्थितिमा उक्त सेमिनार गर्न लागिएको हो ।सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पुरा गर्ने आधार तयार गर्ने मानवता प्रवर्धनको कार्यक्रम आयोजना यस वर्ष ४५ स्थानमा गर्ने राखिएको आयोजकले जानकारी दिएको छ ।पत्रकार सम्मेलनलाई सम्बोधान गर्दै मानव सेवा आश्रम केन्द्रिय महासचिव सुस्मा केसीले देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले सेमिनार बाँँके जिल्लालाई केन्द्र बनाई जिल्ला स्थित नेपालगंजको क्युएफएक्स सिनेमा हलमा दिनको ३ बजेदेखी ६ बजे सम्म चल्ने बताईन ।यसैगरी आश्रमका जिल्ला संयोजक उरविन सापकोटाले सामाजिक तथा पारिवारिक भावना जगाई जिम्मेवार र कर्तव्यनिष्ठ नागरिक बनाउने,आमाबाबाको महत्वर र महिमा बोध गराउँदै राष्ट्र,राष्ट्रियता र मातृभुमि प्रतिको सम्मान बढाउने,म,मलाई र मेरो परिवार भन्दा माथि मानवीय सेवाको लागि प्रेरित गर्ने लगायतको उदेश्य सेमिनारको रहेको बताए । यसैगरी नेपाल प्रत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले खास गरी आफ्ना अभिभावकको ख्यान नगर्नेमा आर्थिक रुपमा सम्पन्न भएको व्यक्तिबाट हुदै आएको हुदाँ पत्रकारहरु समेत चनाखो हुनु पर्ने बताए ।यसैगरी कार्यक्रममा बोल्दै विष्णु मैनालीले मानव सेवाका लागि हुने गरेका कार्यक्रम निकै महत्वपुर्ण हुने हुदाँ कार्यान्वयनको पाटोलाई बढि ध्यान दिनु पर्ने बताए ।यसैगरी नेपाली कांग्रेस नेतृ तथा प्रजातान्त्रिक उद्योग व्यवसायी संघ बाँकेकी वरिष्ठ उपाध्यक्षले कार्यक्रमको सफलताको शुभकामना दिदै कसैले पनि मानव सेवा विरोधी कार्य गर्न नहुने र यसमा नेपाल सरकार तथा स्थानिय तह नै बढि जिम्मेवार बन्नु पर्ने बताईन ।यसैगरी समाजसेवी पिंकी शाह बेहनाले मानव सेवा आश्रमले गर्दै आएको काममा आफुहरु निकै सकारात्मक रहेको हुदाँ सबैले मानव भएर मानवको सेवा गर्ने विषयमा जागरुक हुनु पर्ने बताई ।कार्यक्रममा बाँके हुलाका प्रमुख गोविन्द पाण्डे,वरिष्ठ पत्रकार पुर्ण लाल चुके ,निरज गौतम लगायतले कार्यक्रमको सफलताको शुभकामना सहित आफ्ना भनाईहरु राखेको थिए भने कार्यक्रमको सहजीकरण आश्रमकै सरु अधिकारीले गरेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here