spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध सहित ४ जना पक्राउ

अवैध लागूऔषध सहित ४ जना पक्राउ

spot_img

झापा जिल्ला कचनकवल गाउँपालिका-५ बाट सोही गाउँपालिका-७ बस्ने २४ वर्षीय विनोद बस्नेत र १८ वर्षीय किशोरलाई ५ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाठमारी र सशस्त्र प्रहरी बल बिओपी पाठमारीबाट खटिएको संयुक्त टोलीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी धादिङ जिल्ला गजुरी गाउँपालिका-६ आदमघाटबजारबाट सोही गाउँपालिका-४ भिरकोट बस्ने १९ वर्षीय प्रकाश प्रजा र १९ वर्षीय बिक्रम प्रजालाई करिब १० केजी अवैध लागूऔषध गाँजा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट आदमघाट र सशस्त्र प्रहरी बल राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उनीहरूले बोकेको झोलाभित्र उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here