spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

spot_img

काठमाडौं -काठमाडौं महानगरपालिका-३२ नरेफाट मनोहरा करिडोरबाट सर्लाही घर भएका २० वर्षीय अर्जुन मण्डल लगायत २ जनालाई नियन्त्रित लागूऔषध ३ सय एम्पुल नुर्फिन, ३ सय एम्पुल फेनारगन र ३ सय एम्पुल डाइजेपाम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६ सय एम्पुल डाईजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुर्फिन सहित रौतहट ईस थान गाउँपालिका-९ बस्ने २१ वर्षीय संजय कुमार महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४७४९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा संजयले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी झापा जिल्ला मेचीनगर नगरपालिका-१५ कालिका टि-स्टेटबाट १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका मैनागढी गाउँ बस्ने २७ वर्षीय रन्जित गणेश र भारत दार्जिलिङ बस्ने २५ वर्षीय मोहम्मद सुल्तान रहेका छन् । प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल बिओपी ज्यामिरगढीबाट गस्तीमा खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली जिल्ला गौरीगंगा नगरपालिका-१० उदासिपुरबाट ४ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४५ वर्षीय मान बहादुर धामी र ३२ वर्षीय बिर्ख धामी रहेका छन् । से.२ प ४११५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here