spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

spot_img

मोरङ जिल्ला रतुवामाई नगरपालिका–८ डाँडागाउँ बस्ने ४५ वर्षीय कृष्ण राईलाई करिब ५ केजी ३ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कास्की जिल्ला पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रबाट १ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–१२ अन्नपूर्ण टोल बस्ने २० वर्षीय अनमोल बराललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथैपोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–२१ बस्ने २६ वर्षीय राम बहादुर क्षेत्रीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ५१२८ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार क्षेत्रीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरीपर्सा जिल्ला वीरगंज महानगरपालिका–२४ स्थितबाट करिब ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पटेर्वासुगौली गाउँपालिका(३ बस्ने ४० वर्षीय सलढ खाँ थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here