spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

spot_img

काठमाडौं महानगरपालिका–१६ म्हेपीबाट ११ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश सहित तारकेश्वर नगरपालिका(११ जरङ्खु बस्ने गोरखा धार्चे गाउँपालिका(२ घर भएका २२ वर्षीय मान बहादुर गुरूङ समेत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । म्हेपी मन्दिर नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा जिल्ला मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट २ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर र नगद १० हजार ८ सय ३० रुपैयाँ सहित सोही ठाउँ बस्ने ४१ वर्षीय रबि झालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–४ टेकान टोल बस्ने ४७ वर्षीय ज्ञान बहादुर लोप्चनलाई ७५ थान नियन्त्रित लागूऔषध विनसिरेक्स सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले लोप्चनको घर तलासी गर्ने क्रममा घरको कुना तथा फुलको क्यारीमा खाल्डो खनी लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कास्की जिल्ला पोखरा महानगरपालिका–३२ मझुवाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित पोखरा महानगरपालिका–८ बस्ने स्याङ्जा आरुखर्क घर भएका २३ वर्षीय शिव सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ४२४८ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार सुनारलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका–९ ईटहरी चोकमा को.१ ज ३४७६ नम्बरको जिपमा वेवारिसे अवस्थामा रहेको ६ किलो अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । छिन्ताङबाट धरानतर्फ जाँदै गरेको उक्त जिपमा वेवारिसे अवस्थामा रहेको उक्त गाँजा फेला पारी अस्थाई प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here