spot_img
Saturday, October 19, 2024
Homeब्यानरअवैध लागूऔषध र पेस्तोल सहित ३ जना पक्राउ

अवैध लागूऔषध र पेस्तोल सहित ३ जना पक्राउ

spot_img

खजुरा गाउँपालिका-१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगर र म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका-२ बस्ने २७ वर्षीय मनिस थापा र नेपालगंज उपमहानगरपालिका-१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेका छन् ।
रबिन्द्रले आफ्नै घरमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी राधापुर र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले रबिन्द्रको साथबाट उक्त लागूऔषध र घरमा लुकाइ राखेको उक्त पेस्तोल फेला पारी रबिन्द्र तथा उनीसँग कारोबार गर्ने मनिस र सुरेशलाई समेत पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here