spot_img
Saturday, July 27, 2024
Homeब्यानरअधुरो टेण्डरले दुःख खेप्दै प्रेस संचालक, दिक्क भएर दिए उजुरी

अधुरो टेण्डरले दुःख खेप्दै प्रेस संचालक, दिक्क भएर दिए उजुरी

spot_img

नेपालगन्ज/ पछिल्लो समय अस्पताललाई आवश्यक पर्ने मसलन्द सामग्रीहरू मनपरी रूपमा छपाइ गर्दै हिँड्ने पश्चिम नेपालको भेरी अस्पताल नेपालगन्जले छपाइ कार्यका लागि खाेलेकाे सिलबन्दी दरभाउ पत्र आव्हान अधुरो भएको पाइएको छ । जसले गर्दा प्रेस संचालक दिक्क बनेका छन् ।
लामो समय पत्रकारिता पेशामा संलग्न रहेका व्यक्तिहरू छपाइ पेशामा आउँदा यस्ता विषय बाहिर आउन थालेका छन् । नागरिक दैनिकमा लामो समय अरूले लेखेका समाचार सम्पादन गर्दै छपाइ पेशामा छिरेका रमण ओलीले बुधबार दिएको उजुरीबाट यो विषय बाहिर आएको हो ।

‘कुन गुणस्तरको कागज र आकार प्रयोग गर्ने भन्ने टेण्डरमा उल्लेख नहुँदा के अनुमान गरेर दररेट बुझाउने ? समस्या भएपछि उजुरी दिएको हुँ’, ओलीले भने । अस्पतालले प्रकाशन गरेको टेण्डरमा छपाइ सम्बन्धी कामकाे बिस्तृत विवरण नखोलिएका कारण टेण्डर नै हाल्न गाह्रो भएपछि बाध्य भएर उजुरी दिनु परेको प्रेस सञ्चालक ओलीकाे भनाइ छ ।
चण्डिका अफसेट प्रेसका सञ्चालक ओलीले जिल्ला प्रशासन कार्यालय बाँके र अस्पताल दुवै ठाउँमा बुधबार उजुरी दर्ता गरेको जानकारी दिए ।
‘कार्यालयहरूद्वारा आव्हान हुने टेण्डर स्पष्ट हुन आवश्यक छ’, उनले भने, ‘यसले स्वच्छ प्रतिस्पर्धा हुन्छ, कार्यालय र काम गर्ने व्यवसायी दुवैको हितमा हुन्छ ।’ ओलीले विस्तृत विवरण नखुलाएर खाेलिने यस्ता टेण्डरमा नीतिगत भ्रष्टाचार हुनसक्ने सम्भावना प्रवल हुने बताए ।
यस विषयमा कुरा गर्दा अस्पतालमा हुने अनैतिक गतिविधि तथा भ्रष्टाचार आफूले कुनै पनि हालतमा नसहने बताउँछन् अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह । अध्यक्ष शाह भन्छन्,” म यही बसेको, हुर्केको मान्छे हुँ, मलाई अस्पतालका नराम्रा गतिविधिका बारेमा थाहा नभएको होइन, त्यस्ता अनैतिक काम गर्नेलाई हामी कारबाही गर्छौ,अध्यक्ष शाहले थपे,” यस्ता उजुरीले विकास समितिलाई काम गर्न अझै उर्जा थप्ने काम गर्छ, अस्पताल बनाउने हामी सबैको जिम्मेवारी हो ।”
भेरी अस्पतालमा अध्यक्ष शाह आउँदा धेरै सुधार हुने आशामा बाँकेवासी रहेका छन् । शाह राजनीतिक पृष्ठभूमिका व्यक्ति भएकाले पनि यस्तो आशा गर्नु सान्दर्भिक विषय भएको स्थानीयहरू बताउँछन् ।
यसैगरी वरिष्ठ फिजिसियन तथा अस्पतालका सूचना अधिकारी डाक्टर संकेत रिसालले टेण्डरको आधिकारिकता अस्पताल प्रमुखबाट हुने तर अहिले मेसु बाहिर भएको हुँदा यो विषयमा यस्तै भयो भन्न नसकिने बताए । अस्पतालले ८३ प्रकारकाे मसलन्द सामग्रीकाे लागि टेण्डर आह्वान गरेकाे छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here