नेपालगन्ज, जेठ १६ — नेपालगञ्जस्थित ज्ञानमैत्री कलेजले बीबीएस चौथो वर्षका विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कलेजले विद्यार्थीको शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दै विशेष समारोह आयोजना गरि विदाई कार्यक्रम सम्पन्न गरेको हो ।
विदाई कार्यक्रमको सभापतित्व लोकमाया परियारले गर्नुभएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्ज क्याम्पस प्रमुख डा. लालमणि भट्टराई रहनुभएको थियो ।
त्यसैगरी प्याब्सन बाँकेका अध्यक्ष तथा जीएम कलेजका अध्यक्ष विकास बज्राचार्य, क्याम्पस प्रमुख सतानन्द लम्साल लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । बिदाइ कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकबीच आत्मीय सम्बन्ध थप सुदृढ हुने विश्वास कलेज प्रशासनले व्यक्त गरेको छ ।
कलेजका अनुसार कार्यक्रमले स्नातक तहको अध्ययन पूरा गर्न लागेका विद्यार्थीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि प्रेरणा र हौसला प्रदान गर्ने जानकारी गराएको छ । साथै उत्कृष्ट शैक्षिक वातावरण निर्माणमा विद्यार्थीहरूको योगदानको समेत कदर गरिने जनाएको छ ।
कार्यक्रम विद्यार्थीहरुको उज्वल भविश्यको कामना गर्दै कलेजले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











