पछिल्लो समयको पत्रकारीताको विषयमा बोल्दै सोमबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारहरु स्वम दक्ष बन्नु पर्ने बताइएको छ । डिजिटल मिडियाको प्रयोग अत्याधिक भैरहेको अवस्था पत्रकारीता गर्दै गर्दा पत्रकारहरु नैतिक रुपमा जिम्मेवार बन्दै स्वम दक्ष बन्नु पर्ने बताइएको हो । डिजिटल मिडिया,मर्यादित पत्रकारिता र पत्रककार आचारसंगिता विषयक अभिमुखीकरण तालिमको उद्घाटन सत्रमा बोल्न वक्ताहरुले सो कुरा बताएका हुन । पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा कार्याक्रमका प्रमुख अतिथि शुक्रऋषि चौलागाईले भने,‘अहिले मिडियामा प्रविधि पसी सकेको र पत्रकारितालाई पछिल्लो पुस्ताले प्रविधिक मिडियामा लैजान खोजीरहेको अवस्थामा आफ्नो मर्यादाको समेत ख्याल गर्नु पर्ने देखिन्छ । ’ अध्यक्ष चौलागाईले अगाडि भने,‘मार्यादित मिडिया,डिजिटल मिडिया सबैलाई मार्यादित बनाउनका लागि पत्रकारहरुले समेत स्वम मार्यादित हुनु पर्दछ ,पत्रकारहरु स्वयम् दक्ष नभए सम्म मार्यादित पत्रकारीता हुन सक्दैन ।’
यसैगरी नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पत्रकारहरुको साथमा पालिका सधै रहेको बताउँदै भने,‘नेपालगंज उपमहानगरपालिका पत्रकार महासंघका हरेक कार्याक्रममा साथ छ ,लोकतन्त्रको सुन्दर पक्ष पत्रकारको सम्मान,मार्यादित हुनु हो तर कतिपय अवस्थामा स्वघोषित पत्रकारहरुको मलजलका कारण व्यवसायी पत्रकारहरुको समेत सम्मानमा आच आउने गरेको पाइन्छ ’। प्रमुख विष्टले आफुले नेपालगंजउपमहानगरपालिकाले नगरभित्र क्रियाशिल रहेका विभिन्न अनलाइन तथा मिडिया हाउसहरुलाई पालिकाको क्षमता अनुसर विज्ञापनका रुपमा सहयोग गर्दै आएको भएता पनि राज्यले अझै पनि पत्रकारका समस्यालाई सम्बोधन गर्न नसकिरहेको अवस्था हो ।
यसैगरी नेपालगंज उपमहानगरपालिकाका प्रशासकिय प्रमुख रामहरी शर्माले हाम्रो समाज जसरी नकारात्मक तर्फ गैरहेको छ त्यसलाई सकारात्मक बाटोमा डोराउनु पर्ने बताउँदै भने,‘हाम्रो समाज जसरी नकारात्मक हुदै गैरहेको छ त्यसलाई सकारात्मक बनाउनका लागि पत्रकारको भुमिका निकै ठुलो हुने गर्दछ ।’ प्रशासकिय प्रमुख शर्माले एक फरक प्रसंग जोड्दै भने,‘नेपालगंजमा युवाको नेतृत्व रहेको छ तर पनि जुन गतिमा विकास हुनु पर्ने हो त्यो हुन नसकेको मलाई अनुभुति भएको छ ।पत्रकारहरुले हामीले गरेका गल्तीहरुको समेत औलाइदिनु पर्दछ ।’नेपालपत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले वर्तमान युग डिजिटलको युग भएको बताउँदै भने,‘अहिलेको युग डिजिटलको युग हो ,जसको प्रयोगसँग पत्रकारीता मर्यादित भएर कर्म गर्न आवश्यक छ ।पत्रकार महासंघ बाँकेलाई संस्थागत रुपले अघि बढाउन तथा नयाँ पुस्तालाई केही सिकाउछौ भन्ने अठोटका साथ अहिले अगाडि बढिरहेका छौ ।’यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य झलक गैरेले भने,‘पुस्तान्तरणको खोजीमा रहेको अवस्थामा नयाँपुस्तालाई मिडियाको बुझाउन जरुरी छ ,गरीने तालिमका आयोजनालाई कृपा गरेको जस्तोको रुपमा लिनु हुदैन,न्युन मिडिया तथा डिजिटल मिडियाका बारेमा सबैले जानकारी लिन आवश्यक छ ।’
यसैगरी अर्का पुर्व अध्यक्ष निरज गौतमले पत्रकार महासंघले तालिमका आयोजनासँगै संस्थागत विकासमा समेत ध्यान दिनु पर्ने बताउँदै भने,‘महासंघले तालिम गोष्ठीहरुसँगै महासंघको संस्थागत विकासमा समेत ध्यान दिनु पर्दछ जुन वर्तमान नेतृत्वले गरीरहेको छ ।’ यसैगरी पुर्व अध्यक्ष गौतमले अगाडि भने,‘मर्यादित पत्रकारीताको विकल्प नरहेको नैतिकता भित्रको विषय हो ,यसलाई गुमाएपछि कानुन रुपमा आउनु पर्ने हुन सक्छ ।’कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले नेपाल पत्रकारमहासंघका हरेक क्रियाकलापलाई आफुले नजिकबाट नियाल्दै आएको र यसमा वर्तमान नेतृत्वले गर्व गर्न लायकका कार्यक्रम गर्दै आएको बताए । यसैगरी नेपाल प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगीले पत्रकारीता मार्यादित नहुनमा मिडिया हाउस बढि जिम्मेवार भएको देखिने बताए ।अध्यक्ष डाँगीले पछिल्लो समय सिक्ने विषयबाट पत्रकारहरु टाढा जाने गरेकोमा दुख व्यक्त गरे ।नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले सहजीकरण गरेको कार्यक्रमको आयोजना नेपाल पत्रकारमहासंघ बाँकेले गरेको थियो भने नेपालगंज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय नेपालगंजको सहयोग रहेको थियो । जेष्ठ २६ गते सोमबारदेखी सञ्चालनमा आएको अभिमुखीकरण तालिम कार्यक्रम जेष्ठ २९ गते सम्म सञ्चालनमा रहने छ जसमा बाँकेका ८० बढि पत्रकारहरुलाई सहभागिता गराउने लक्ष्य लिइएको पत्रकार महासंघ बाँकको कोषाध्यक्ष सुनिल रेग्मीले जानकारी दिए भने कार्यक्रम डिजिटल मिडियाको बारेमा बरिष्ठ पत्रकार केपी ढुंगानाले प्रशिक्षण दिएका छन भने आज मंगलबार नेपालपत्रकार महासंघ केन्द्रिय महासचिव रामप्रसाद दाहालको समेत प्रशिक्षण रहेन बुझिएको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











