बर्दियाको मधुवन नगरपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता तथा नयाँ नेतृत्वको ढाँचा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपाल र मधुवन नगरपालिकाको संयुक्त आयोजनामा सम्मन्न ठोष्ठीमा ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, विद्यालयका शिक्षक, बुद्दिजिवी र समाजसेवीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमा फेमिलि पीस एसोसिएशन नेपालका महासचिव निरञ्जन थापा र कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आ–आफ्नो प्रस्तुति राखेका थिए ।महासचिव थापाले नयाँ नेतृत्वको ढाँचा र कार्यक्रम संयोजन भण्डारीले पारिवारिक मूल्यमान्यताका विषयमा प्रस्तुति दिएका हुन ।
विद्यमान परिवेशमा द्वन्द्वरहित सामज निर्माणमा परिवारिक महत्व कस्तो हुन्छ भन्ने विषयमा रहेर फेमिलि पीस एसोसिएशन नेपालका कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आफ्नो प्रस्तुति राखेका थिए । संयोजक भण्डारीले पारिवारिक मूल्यमान्यताको अवमूल्यन हुँदा विश्व द्वन्द्वग्रस्त अवस्थामा पुगेको बताए।
उनले असल परिवार निर्माण गर्न सके मात्र विश्व समृद्धिको बाटोमा अघि बढ्ने धारणा राखे। असल परिवार निर्माण गर्न साँचो प्रेममा आधारित पारिवारिक मूल्यमान्यताको विकास गनु पर्नेमा जोड दिए । उनले पारिवारिक विखण्डनले विश्वव्यापी विकृती सृजना भइरहेको भन्दै असल परिवार निर्माणनै सबै समस्याको समाधान भएको दाबी गरे ।

त्यस्तै, समाज परिवर्तनका लागि समाजका अगुवाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ त भन्ने सवालमा केन्द्रीत रहेर प्रस्तुति दिँदै संस्थाका महासचिव निरञ्जन थापाले वर्तमान नेतृत्वको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले नयाँ नेतृत्वको अवधारणाको समेत विश्लेषण गरे। महासचिव थापाले अवको नेतृत्वमा नैतिकता र नवीनता हुनुपर्नेमा जोड दिँदै वर्तमान नेतृत्व नैतिक पतन भइसकेको बताए ।
सहभागिहरुले वर्तमान परिपेक्षमा सुहाउदो र अति आवश्यक शिक्षा भएको प्रतिक्रिया दिए । उनीहरुले वर्तमान नेतृत्वको शैली परिवर्तन गर्नुपर्ने कुरामा सहमति रहेको बताए । त्यस्तै, उनीहरुले पश्चिमा संकृति पछ्याउँदा पारिवारिक मूल्यमान्यताको अवमूल्यन हुदै गएको बताए । मानिस परिवारमा नै बस्दै आएको भएपनि परिवारको महत्व अँझ स्पष्टसँग बुझ्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रमको संयोजन तथा व्यवस्थापन मधुवन नगरपालिकाले गरेको हो भने प्राविधिक सहायोग फेमिलि पीस एसोसिएशनले गरेको हो । कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर गिरीको प्रमुख आतित्थ्यता रहेको थियो ।











