spot_img
Monday, September 16, 2024
Homeब्यानरप्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले सम्झियो स्वर्गीय प्रसाईलाई

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले सम्झियो स्वर्गीय प्रसाईलाई

spot_img

पश्चिम क्षेत्रका व्यवसायीक नेताका रुपमा रहेका स्वर्गीय अच्युत प्रसाईलाई प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले उनको १३ औ पुन्य तिथिको अवसरमा शनिबार शोभ सभा गरी सम्झिएको छ । नेपाली कांग्रेस बाँकेका पार्टि सभापति नारायण प्रसाद गौडेलेका प्रमुख आतिथ्यमा भएको शोकसभा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको हो ।
शोक सभामा बोल्दै कांग्रेस बाँकेका पार्टि सभापति गौडेललेले स्वर्गीय अच्युत प्रसाई आर्दशवादी नेता भएको बताउँदै भने,‘स्वर्गीय अच्युत प्रसाई व्यवसायी नेता मात्रै नभएर एक आर्दशवादी नेता हुनुहुन्थ्यो,उहाँले आफ्नो जिवनलाई आर्दशवादको बाटो हिडाउनु थियो,स्वर्गीय प्रसाई उद्योगी व्यवसायीको एक खम्वाको रुपमा रहनु भएको मैले बुझेको छु ।’सभापति गौडेलले अगाडि भने,‘उहाँ उद्योगी व्यवसायीको लागि लड्ने ,नेपालगंजलाई औद्योगिक कोरीडोरको रुपमा विकास गर्न चाहाने एक नेता हुनु हुन्थ्यो,नेपाली कांग्रेसमा समेत स्वर्गीय प्रसाईको महत्वपुर्ण भुमिका रहेका थियो ।’
यसैगरी पुर्व उद्योग मन्त्री गजेन्द्र हमालले जन्म मृत्यु मानिसको जिवनमा हुने प्रक्रिया भएता पनि व्यवसायीक नेता स्वर्गीय अच्युत प्रसाईको आफ्नै छवि रहेका थियो,उहाँले मलाई दाई भन्नु हुन्थ्यो,दाई भाईको सम्बन्धमा काल बाधक बनेछ ,उहाँलाइृ सम्झने विषयहरु धेरै छन ’।


यसैगरी नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले स्वर्गीय प्रसाई सकारात्मक सोचका धनी भएको बताउँदै भने,’स्वर्गीय अच्युत प्रसाई सकारात्मक सोचका धनी भएको हुदाँ उहाँको सोच उहाँको काम गर्ने शैली सबै उर्जा दिने खालको थियो ,सादा जिवन रहेको थियो ,यही उद्योगी वाणिज्य संंघले यस्ता व्यक्तिहरुको बारेमा केही कोषहरु खडा गर्ने सोच बनाउँछ भने स्थानिय तहको नाताले नेपालगंज उपमहानगरपालिकाबाट जे जस्तो सहयोग हुन सक्छ ,सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष संजय थापाले भने,‘प्रजातान्त्रिक उद्योगी व्यवसायी कुशल सल्लाकार,व्यवसायीक रोडमोडल तथा आशा र भरोसाका केन्द्रलाई गुमाउनु पर्दा निकै शोकमा भएको छौ,उहाँसग भएका तथा गरेका सहकार्य तथा उहाँ जिवित छदा दिएका निर्देशनहरु सधै हाम्रो लागि प्रेरणको स्रोत बनी रहने छन ’ ।


यसैगरी नेपाली कांग्रेस बाँकेका पार्टि उपसभापति गोपाल प्रसाद अधिकारीले बाँके जिल्लालाई कर्मथलोको रुपमा आफ्नो जिवनलाई अर्पण गरेका स्वर्गीय अच्युत प्रसाईको योगदान व्यवसायी हितमा मात्रै नभएर राजनिति हिसाबमा समेत रहेको हुदाँ नेपाली कांग्रेस लगायत सम्पुर्ण व्यवसायी नै शोकमा रहेको बताए ।


यसैगरी कोहलपुर उद्योग वाणिज्य संघका सभापति लक्ष्मणराज पौडेलले स्वर्गीय प्रसाई बाँकेका मात्रै नभएर मध्य र पश्चिम क्षेत्रका व्यवसायीक नेता भएको हुदा प्रसाईको निधनले पश्चिम क्षेत्र नै शोकमा रहेका बताए ।यसैगरी शोकसभामा नेपालगंज उद्योग वाणिज्य संघका पुर्व महासचिव अशोक कर्माचार्य,नेपालगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य अव्दुल वाहित मन्सुरी, वरिष्ट उद्योग पति कनहैयालाल वैध,नेपालगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सतिष चन्द्र अग्रवाल लगायतले शोक मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेस ट्रेड युनियन कांग्रसका कार्यवाहाक अध्यक्ष तोजेन्द्र विक ,नेपाली कांग्रेस बाकेका प्रवक्ता डिल्ली गिरी,सचिव सुदान्सु कोइराला,कोषाध्यक्ष यज्ञराज बस्नेत,जडिवुटी व्यवसायी संघ नेपालका अध्यक्ष टंक प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।व्यवसायी संघले स्वर्गीय प्रसाईको सम्झनामा दिप प्रज्वलन समेत गरेका थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here