spot_img
Saturday, July 27, 2024
Homeब्यानरसुनौलो १००० दिनहरुमा बच्चाले गर्ने क्रियाकलापहरु….

सुनौलो १००० दिनहरुमा बच्चाले गर्ने क्रियाकलापहरु….

spot_img

गर्भवती महिला शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ भएमात्र स्वस्थ शिशु जन्मिन्छ । गर्भावस्थामै शिशुलाई कसरी जोगाउने भन्नेबारे जानकारी हुनुपर्छ । अधिकांश आमा त्यसबारे अनभिज्ञ छन् र बच्चालाई केही समस्या आएपछि आत्तिएर अस्पतालमात्र धाउने चलन हावी छ । आमामा सानो ज्ञानको अभावमा शिशुले अकालमै ज्यान गुमाउनु विडम्बना हो । गर्भावस्था होस् या बच्चा जन्मिएपछि, आमा विभिन्न खाले तनावबाट ग्रस्त भएको पाइन्छ । तनावले आमा र शिशु दुवैको स्वास्थ्य बिगार्छ । आमालाई तनावबाट मुक्त राख्न श्रीमान् सहयोगी बन्नुपर्छ ।
बच्चाले जन्मदेखि २ वर्षसम्मको अवधिमा के के गर्न सक्छन् र आमा बुबा र परिवारले उसको मानसिक र शारीरिक विकासका लागि के के गर्नुपर्दछ ।
पहिला दुई हप्ता
के के गर्न सक्छन ?
बच्चाको हातमा आफ्नो हात दिँदा हात समाउने ।
ठूलो स्वर आवाज सुन्दा छक्क पर्ने ।
अनुहार देख्दा हेर्न खोज्ने ।
हामीले के के गर्ने ?
बच्चा उठेको बेला उसँग कुरा गर्नुहोस् ।
बच्चाको आवाज र हाउ भाउलाई उसले गरे जस्तै गर्नुहोस् ।
उसलाई खेलाउनुहोस् ।
४ हप्ता
के के गर्न सक्छन् ?
खुवाउँदा वा उसँग बोल्दा चिनेका अनुहारहरु हेर्ने ।
घोप्टो पारेर सुताउँदा टाउको दाहिने देब्रेतिर फर्काउने ।
उज्यालो वा वत्तीमा आँखा चिम्म गर्ने ।
हामीले के के गर्ने ?
घोप्टो पारेर भूईमा राखेर खेलाउने ।
नुहाइदिने गीत सुनाउने र उसँग बोल्ने ।
८ हप्ता
के के गर्न सक्छन ?
हास्ने ।
दुई हात जोड्न सक्ने ।
उसले कुरा गरे जस्तै गर्ने ।
हामीले के के गर्ने ?
उसँग बोल्ने र गीत गाएर सुनाउने ।
घोप्टो पारेर राखेर उसँग खेल्ने ।
बाहिर घुमाउन लाने ।
४ महिना
के के गर्न सकिन्छ ?
घोप्टो परेको बेला पल्टिन खोज्ने ।
घोप्टो पारेर सुताउँदा टाउको उठाउन सक्ने ।
खेलौनाहरु देखाउँदा हेर्ने र चिनेको मान्छेहरुको अनुहार देख्दा हेर्ने ।
हामीले के के गर्ने ?
घोप्टो पारेर भुँइमा राखेर खेलाउने ।
चित्र भएको किताब देखाउने र पढेर सुनाउने ।
गीत गाउने र बोल्ने ।
गर्भवती भएदेखि नै आमालाई बच्चा र उनको स्वास्थ्यबारे जानकारी दिनुपर्छ । त्यति बेला नै पछि आउने समस्याको समाधान र विकल्पबारे सोच्नुपर्छ । मानसिक तनावमा गुज्रेकी आमाबाट जन्मने शिशुको बौद्धिक क्षमतामा असर पुग्छ । नेपालमा स्वस्थ शिशु जन्माउन आमा र उनको परिवारमा जनचेतना जगाउनु आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले आमा शिक्षित हुनुपर्छ । आमासँगै बुवा र घरपरिवारका अन्य सदस्यले पनि शिशु र आमाको जीवनलाई स्वस्थ बनाउन सहयोग गर्नुपर्छ । महिला स्वास्थ्य

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here