spot_img
Saturday, July 27, 2024
Homeब्यानरसवारी साधनमा जडान गरिने इम्बोस्ट नम्बर नेपाली भाषामा हुनु पर्छःनेपाली लेखक संघ

सवारी साधनमा जडान गरिने इम्बोस्ट नम्बर नेपाली भाषामा हुनु पर्छःनेपाली लेखक संघ

spot_img

नेपाली लेखक संघ नेपालभित्र दर्ता भएका सवारी साधनहरुमा जडान गरिने इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुनु पर्ने भन्ने नेपाल सरकारको निर्णयलाई खेदजनक भएको बताएको छ । संघद्धारा एक विज्ञप्ती जारी गरी दर्ता भएका सवारी साधनमा अङ्ग्रेजी भाषाले लेखिएको इमबोस्ट नम्बर प्लेटको विषयले नेपालमै नेपाली भाषाको अवमुल्यन गरेको भन्दै उक्त विज्ञप्ती जारी गरीएको हो । जारी प्रेस विज्ञप्तीमा भनिएको छ नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा स्विरकार गरेका अवस्थामा नेपालको साझा सम्पर्कको भाषा नेपाली भाषालाई नेपाली भाषामै हुनुपर्ने व्यवस्था मिलाउन संघले माग गरेको छ ।अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक संघले विभिन्न परिवर्तनमा विभिन्न भुमिकाहरु खेल्दै आएको जनस्तरबाट अंग्रेजीमा लेखिने भनि निर्णय गरीएको इम्बोस्ट नम्बर प्लेटको विरोध हुदाँ समेत नेपाल सरकार पछाडि नहटेको जारी विज्ञप्तीमा बताएको छ । नेपाल लेखक संघका अध्यक्ष तिर्थ श्रेष्ठद्धारा हस्ताक्षर गरीएको उक्त पे्रस विज्ञप्तीमा भनिएको छ,नेपाली समाज र संस्कृतिलाई अग्रगमन तर्फ डो¥याउन मदत पु¥याउने उदेश्यले स्थापित प्राज्ञिक संस्थाले देशको समसामयिक विषयवस्तु तथा मुद्धाहरुमा चिन्ता र चासो प्रकट गर्दे सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गर्न नेपाल सरकारसंग माग गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here