spot_img
Sunday, December 8, 2024
Homeब्यानरसवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

spot_img


काठमाडौं -काठमाडौं जिल्ला टोखा नगरपालिका-६ धापासीस्थित सडकमा बा.१७ च ५०२२ नम्बरको कारको ठक्करबाट बाटोमा खेल्दै गरेका अन्दाजी ३ वर्षीय श्रीयन पाण्डेको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरी जिल्ला कोशी गाउँपालिका-६ स्थित सडकमा सवारी दुर्घटनामा परी सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-५ बस्ने ५० वर्षीय दिलिप मण्डलको मृत्यु भएको छ । उनी सवार प्र२-०१-००१ च ००३१ नम्बरको स्कारपियो सडकमा रोकी राखेको बीआर ०१ जीए ४४८३ नम्बरको ट्रकमा ठक्कर खाई ना.७ ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका दिलिपको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै ट्रकका चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी कास्की जिल्ला पोखरा महानगरपालिका-२५ हेम्जा भोटेक्याम्पस्थित सडकमा ग.१ ज ५०५६ नम्बरको जिप र ग.६ प ८८०२ नम्बरको मटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका- ५ प्रस्याङ धारापानी मार्ग बस्न अन्नपूर्ण गाउँपालिका-१० धान्द्रुक घर भएका २६ वर्षीय दिपक नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका-१ बगर बस्ने गुल्मी घर भएका २२ वर्षीय सुनिल नेपालीको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.