बाँकेको नेपालगंज शहरलाई सदभावको शहरका रुपमा चिनाउन कोसिस गरीएता पनि उक्त कोसिस अझै सफल हुन सकेको देखिदैन । यहाँ सबै धर्मका मानिसहरु बस्ने गर्दछन र सबै सबैले सबैको धर्मलाई अति नै आत्मसाथ गरेको देख्न पाइन्छ । दशै तिहारको टिका होस अथवा इदको बत्र ,बुद्धजयन्ती वा क्रिस्मस डे ,सबैले सबै चाडपर्व मनाएको देख्दै आएको हो । तर केही दिन अघि भारतीय राजनैतिक पार्टिको प्रवक्ता नुपुर शर्माको एक टिभी कार्यक्रमको बहसमा मुस्लिम धर्मलाई असर पार्दे बोलिएको र उक्त भिडियो नेपालगंज निवासी राजेश कुमार जलान विद्रोही लगायतले सेयर गरेर नेपालगंको सद्धाव विगार्न लागेको भन्दै नेपालगंजका मुस्लिम समुदायका मानिसहरुले दुई दिन अघि प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएका थिए ।यसै विषयलाई लिएर बुधबार नेपालगंजमा हिन्दु धार्मिक संगठन नेपाल शिव सेनाको नेतृत्वले राजेश कुमार जलान विद्रोहीलाई आपसी रिसिभिका कारण धर्ममा जोड्न खोजको र भारतीय जनता पार्टि की प्रवक्ता समेत रहेकी नुपुर शर्माको टिभी कार्यक्रममा भएको बहसलाई स्वदेशमा सद्धाव विर्गान खोजेको भन्दै बागेश्वरी पार्कदेखि जिल्ला प्रशासन कार्यालय सम्म नारा लगाउँदै ज्ञापनपत्र बुझाएका छन ।बाँके विषेश गरी नेपालगंज शहरलाई सदभावको शहरका रुप दिदै गर्दा सदभाव समिति भनेर बनाइएको समिति अपुर्ण भएको भन्दै विरोध समेत गर्न थालेको पाइएको छ । जुन सुकै अवस्थामा पनि नेपालगंज सदभावको शहर हो । यहाँ सबै धर्मका मानिसहरु अटाउन सक्ने वतावरण बनाउनु पर्छ ।यसरी शहरको सदभावलाई विथोल्ने तथा खराव गर्ने कुरामा यहाँको पुलिस प्रशासन सजक हुनु पर्ने देखिन्छ ।



