spot_img
Saturday, July 27, 2024
Homeब्यानरशुभकामना आदान–प्रदान गर्दै होली मनाईदै

शुभकामना आदान–प्रदान गर्दै होली मनाईदै

spot_img

रङहरुको महान पर्व फागू पूर्णिमा होली एक अर्कालाई रङ लगाएर शुभकामना आदान–प्रदान गर्दै पहाडी जिल्लामा विहिबार मनाइएको छ भने आज तराई होली मनाईदै छ ।प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा पहाडी भेगमा हिजो र आज तराईमा हर्ष र उल्लासका साथ मनाइँदैछ ।
बसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्व एक अर्कामाथि विभिन्न प्रकारका रङहरू लगाइ दिएर मनाइन्छ । पूर्णिमाको अघिल्लो दिन राति होलिका दहन गरेपछि बिहानैदेखि आफन्त साथीभाईलाई रङ लगाएर होली मनाइएको छ ।
सत्ययुगको पौराणिक काल खण्डमा दानवराज हिरण्यकशिपुले ईश्वरीय आस्थामा मन राख्ने छोरा प्रह्लादलाई कुनै उपायबाट मराउन नसकेपछि आगोले डढाउन नसक्ने वरदान पाएकी घमण्डी आफ्नी बहिनी होलिकालाई गुहारी प्रह्लादलाई साथमा लिई भर्वराङउदो आगाको कुण्डमा पस्दा उक्त कुण्डको आगोबाट होलिका डढेर खरानी भएकी र प्रह्लाद सकुशल आगोबाट निस्किएका कारणमा सत्यको जित र असत्यको हार हुन्छ भन्ने शाश्वत् सत्यलाई मानव समाजमा अक्षुण राख्न प्रचलनमा आएको पर्व हो ।

होलीमा रंग लगाउदै शुभकामना आदान प्रदान गर्दे रमाउँदै गरेको दृश्य


होलिका जन्मनुअघिका पूर्णिमाको विशेष चर्चा नभए पनि त्यो दिनको पूर्णिमामा उक्त घटना हुँदा त्यसै खुसियालीमा हिरण्यकशिपुका निरीह कर्मचारी लगायत अन्य व्यक्तिले समेत प्रह्लादलाई अबीर लगाइदिई उन्मुक्त स्थिति भएको दिनलाई फागुपूर्णिमा अथवा होलिका दहनले सम्बोधन गरियो र वर्तमानसम्म त्यो सम्बोधन कायम नै छ ।
यस पर्वमा जीवन चर्याबाट उन्मुक्त भई एक आपसमा रङ, अबीर दल्दै फागु खेल्ने गरिन्छ । यसमा साना–ठूला, धनी–गरिब, शत्रु–मित्र सबै आपसी सद्भाव समता र मेलमिलापमा एकाकार हुने गर्दछन् ।होली पर्व विहीबार पहाडी जिल्लामा तथा आज शुक्रबार तराईका जिल्लामा मनाइँदैछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here