spot_img
Saturday, July 27, 2024
HomeUncategorizedशनिबार देखी नेपालगन्जमा नकआउट फुटबल हुँदैं

शनिबार देखी नेपालगन्जमा नकआउट फुटबल हुँदैं

spot_img

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गते सम्म चल्नेछ ।
प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन । समुह ए र बी को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुइ वटा खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एफसी संघारी र नेपालगन्ज–११ बिच हुनेछ । यसैगरी आइतबार पुस२५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज–११ बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here