spot_img
Saturday, July 27, 2024
Homeब्यानरविलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकको निर्देशन

विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकको निर्देशन

spot_img

नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ ।
सोमबार राष्ट्र बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्ने रणनीति राष्ट्र बैंकले अघि सारेको हो ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अत्यावश्यक बाहेकका वस्तु आयात रोक्ने विषयमा छलफल भएको जानकारी दिए । ‘अर्थतन्त्रमा केही संकट आउछ कि भन्ने देखियो, समस्या आयातकै कारण हो’ उनले भने,“‘जुन वस्तु आयात नगर्दा पनि हुन्छ, त्यस्ता वस्तु रोकौं भन्ने विषयमा कुरा भएको हो ।”
अर्थतन्त्रलाई संकटमा पर्न नदिनु सबैको जिम्मेवारी हो भन्दै उनले यस विषयमा बैंकहरु पनि गम्भीर हुनुपर्ने बताए । राष्ट्र बैंकले बैंकका सीईओहरुलाई विलासिताका वस्तु आयातका लागि एलसी खोल्न बन्द गर्न भनेको छ ।छलफलमा आयात कसरी रोक्न सकिन्छ भन्ने कुरा भएको थियो,’ छलफलमा सहभागी एक बैंकका सीईओले भने,“सकेसम्म शतप्रतिशत नगद मार्जिन नलिई कुनै पनि वस्तु आयातका लागि एलसी नखोल्न र खोल्नै पर्दा पनि अत्यावश्यकका लागि मात्रै एलसी खोल्न भन्नुभएको छ ।”छलफलमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत सहभागी थिए भने बैंकहरुका तर्फबाट बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायसहित अधिकांश बैंकका सीईओहरु उपस्थित थिए । केही बैंकका भने डेपुटी सीईओहरु छलफलमा सहभागी थिए ।राष्ट्र बैंकले सीईओहरुलाई अनौपचारिक छलफल भनेर बोलाएको थियो । छलफलमा सहभागी एक सीईओका अनुसार कार्यकारी निर्देशक श्रेष्ठले अरुमा कडाइ नगरे पनि कम्तीमा गाडी आयात केही साताका लागि ठप्पै पार्नुपर्ने बताएका थिए ।आयात रोक्न राष्ट्र बैंकले निर्देशन दिन नमिल्ने भन्दै अधिकारीहरुले छलफललाई गोप्य राख्न भनेका थिए । ‘शतप्रतिशत मार्जिन राख्ने व्यवस्थाले मात्रै भएन व्यापारीहरुले आयात गरेका गर्‍यै गरे, यसकारण पनि राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुन खोजेको हो’ छलफलमा सहभागी एक बैंकका सीईओले भने, “तर यो केही साताका लागि मात्रै अनुरोध गरिएको भन्नुभएको छ, हामीले पनि सहमति जनाएर आएका छौँ ।”पछिल्लो समय बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको राष्ट्र बैंकको निष्कर्ष छ । विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत भनेको पर्यटन र रेमिट्यान्स् दुबै घटेको छ । निर्यात गर्न नसक्ने र अचाक्ली आयातका कारण ठूलो परिमाणमा रकम बाहिरिएको भन्दै यस्तो निर्णय गर्नुपरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।पछिल्लो समय विलासिताका वस्तुहरुको आयात बढ्दो छ । इन्धन आयातले पनि ठूलो रकम विदेशिएको छ ।तर इन्धन आयात ठप्प बनाउन हामी सक्दैनौं,“ हाम्रो टार्गेट सवारी साधन, सुनचाँदी जस्ता वस्तुहरुमा हो”उनले भने,“करिब ३३ अर्ब त ८ महिनामा सुनमात्रै आयात भएको छ, ७० अर्बजतिको गाडी र यसको पाटपूर्जा आयात भएको छ, यतिमात्रै रोक्न सकेपनि धेरै बचत हुने थियो ।”उनका अनुसार बैंक आफैंले बुझेर आयात नगरे पनि हुने खालका वस्तुहरु आयात ठप्प पार्नुपर्ने आफ्नो धारणा बैंकका सीईओहरुलाई सुनाएको उनले बताए ।अनलाइनखबरबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here