spot_img
Tuesday, January 13, 2026
Homeब्यानरवन मन्त्री हमालको सम्मानमा युवाहरुद्धारा ११ किलोको माला

वन मन्त्री हमालको सम्मानमा युवाहरुद्धारा ११ किलोको माला

spot_img

बाँके नेपालगंजका युवाहरुले नेपाली कांग्रेस बाँकेका नेता तथा लुम्बिनी प्रदेशका नवनियुक्त वन तथा भु–संरक्षण मन्त्री सुरेन्द्र हमाललाई साढे ११ किलोको मालाले सम्मान गरेका छन । बाँकेको नेपालगंजमा आयोजना गरीएको एक सम्मान कार्यक्रममा बाँकेका युवा दिपेश श्रेष्ठ ,गोकर्ण शाही,देवेन्द्र भण्डारी तथा रोशन थापा लगायतको युवाहरुको टिमले सम्मान गरेका हुन । खेल प्रेमी तथा पुर्व ओलम्पियन प्रदेश मन्त्री हमालले आफ्नो खेल जिवनमा देश र राष्ट्र मात्रै नभै नेपाली युवाहरुको लागि एक आर्दश रुपमा दिएको योगदानको कदर स्वरुप आफूहरुले मन्त्री हमाललाई सम्मान गरेको युवा तथा सुपा देउराली मेडिकल हलका संचालक श्रेष्ठले बताए । श्रेष्ठले देशलाई विश्वमा परिचित गराउने नेता मन्त्री हुदाँ आफुहरुले सम्मान स्वरुप ११ किलो बढिको माला पहिराएको बताए ।यसैगरी मानव शास्त्र महेन्द्र बहुमुखी नेपालगंज बाँकेका लेक्चर गोकर्ण शाहीले आफुहरुको यो सम्मानले मन्त्री हमाललाई थप जिम्मेवार बनाउने बताए । ११ किलोको मालाको सम्मान प्रति धन्यावद दिदै वन मन्त्री हमालले आफुलाई अझै युवाहरुको लागि जिम्मेवार बन्नु पर्ने बनाएको बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here