spot_img
Saturday, July 27, 2024
Homeब्यानरवन्यजन्तु प्रति नागरिकको नकारात्मक भावना हटाऔं ः अध्यक्ष आचार्य

वन्यजन्तु प्रति नागरिकको नकारात्मक भावना हटाऔं ः अध्यक्ष आचार्य

spot_img

मुरली गोडिया,बर्दिया

मानव र वन्यजन्तु बीचको द्धन्दले नागरिकमा त्रास संगसंगै आक्रोस समेत बढेको पाइएको छ । बर्दियामा हुने गरेको वन्यजन्तुको आक्रमणले नागरिकको अकालमै हुने मृत्युले यस्तो भावना जागृत भएको पाईन्छ । बन्यजन्तु प्रति नागरिकले राख्न थालेको नाकारात्मक भावना हटाउने संचारकर्मीले महत्वपुर्ण भमिका खेल्न अवश्यक रहेको बताइएको छ । डिभिजन वन कार्यलय बर्दियाले अयोजना गरेको मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका लागी संचारकर्मी संगको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महसंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले यस्तो बताए । पछिल्लो समय बर्दियामा भएका मानव र वन्यजन्तु बीचको द्धन्दले नागरिकलाई त्रसिद बनाउनुको साथै आक्रोसित समेत बनाउँदै लगेको उनले बताए । संरक्षणकर्मीहरु प्रति समेत उक्त भावनाका विकास हुँदै गएकाले यसतर्फ संचारकर्मीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए ।
बर्दियाका संचारकर्मिहरुले संरक्षणका सवालमा सधै सकारात्मक समाचार प्रवाह गरिरहेको उल्लेख गरे। अध्यक्ष आचार्यले संरक्षणको क्षेत्रमा संचारकर्मीले कलम चलाई रहदा पत्रकारलाई समेत विभिन्न किसीमको चुनौतीको सामना गर्नु परेको उल्लेख गरे। कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले भने । “एक संचारकर्मीले बाघ जोगाउनु पर्छ वन्यजन्तुको संरक्षण गर्नुपर्ने कुरा लेखि रहदा समुदाय बाट विभिन्न किसिमका नाकारात्मक प्रतिक्रिया सुन्नु परेको छ ।” २०७५ साल पछि मानव वन्यजन्तु बीचको द्धन्द रहको छ ।
डिभिजन वन कार्यलय बर्दियाको क्षेत्राधिकार भित्र आ।वा। ०७५÷०७६ देखी चालु आवा सम्म १३ जनाले मानिसको ज्यान गएको छ । ३४ जना मानिस घाइते भएका छन । १ सय ६९ वटा पशुधनको क्षेती भएको, २९ जना व्यक्तिको घरगोठको क्षेति भएको र २ सय ३४ जना व्यक्तिको अन्नवाली क्षेति भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here