मंगलबार देखि बाँकेको नेपालगंजमा सातौ प्रादेशिक व्यापार तथा पर्यटन महोत्सव सुरु हुने भएको छ ।मंगलबारबाट संचालनमा आउने औद्योगिक मेलाको बारेमा जानकारी दिनका लागि सोमबार पत्रकार सम्मेलन गरीएको थियो ।मेलाका बारेमा जानकारी दिदै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखा अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक मधु खड्काले मेलाको उद्घाटन लुम्बिनी प्रदेश माननीय एवं पुर्व मन्त्री कृण्णा केसी नमुनाले गर्ने कार्यक्रम रहेको बताईन । पत्रकार सम्मेलनमा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाका महासचिव गिरी राज भुषालले मेहनत, सृर्जना, उत्पादन र वस्तु मेरै नेपालर्को मुल नाराका साथ उदघाटन गरिने उक्त महोत्सवमा स्थानिय प्रबिधि, कला सस्कृती भेषभुषा झल्कने झांकी सहित –याली प्रर्दन गरी औपचारिक उदघाटन गरीने कार्यक्रम रहेको बताए । मंगलबार देखी आगामी चैत्र १८ गते सम्म नेपालगंजको वाटरपार्कको पुर्वी क्षेत्रमा संचालन हुने सातौ प्रादेशिक व्यापार तथा पर्यटन महोत्सव कृर्षी उत्पादन र प्रबिधि समेटिएका करिब २०० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ ।
प्रेस विज्ञप्ती

