spot_img
Saturday, July 27, 2024
Homeब्यानरभारतमा काम गर्ने नेपाली श्रमीकको मानवअधिकार प्रति राष्ट्रिय मानव अधिकार आयोगको चासो

भारतमा काम गर्ने नेपाली श्रमीकको मानवअधिकार प्रति राष्ट्रिय मानव अधिकार आयोगको चासो

spot_img

राष्ट्रिय मानव अधिकार आयोगले भारतमा काम गर्न जाने नेपाली श्रमिकको मानवअधिकार विषयमा चिन्ता र चासो देखाएको छ । सोमबार बाँकेको नेपालगंजमा आयोजना गरीएको भारतमा श्रम गर्न जाने नेपाली श्रमीकहरुको मानव अधिकार अवस्था अध्ययन तथा अनुसन्धान सम्बन्धी गरीएको छलफल तथा परामर्श कार्यक्रममा आयोगले यसबारे चिन्ता र चासो देखाएको हो ।राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन,ललितपुरको आयोजनामा गरीएको उक्त छलफल कार्यक्रममा प्राध्यापक डा.गोविन्द सुवेदीले कर्णाली तथा लुम्बिनी प्रदेशका केही जिल्लाको भारतमा काम गर्न जाने नेपाली श्रमिकको मानवअधिकारको विषयमा तयार पारीएको अध्यायन तथा अनुसन्धानको जनाकारी प्रस्तुत गरेको थिए ।प्राध्यापक डा.सुवेदीले तयार पारेको अध्यायन अनुसार दुई प्रकारका जिल्लाहरु अध्यायन गरीरहेको पाइएको छ । पहिलो जिल्ला उद्गम स्थलका रुपमा र दोस्रो केन्द्रको रुपमा रहेका जिल्लामा अध्यायन अनुसन्धान भैरहेको छ ।राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलका अनुसार अध्यायन गरिएको अवस्थालाई हेर्दा करिव ६० देखि ७० प्रतिशत घरेलु कामदारका रुपमा रहेका प्रवासिहरु रहेको छन ।भारतमा श्रमका लागि गएका नेपाली श्रमिकको अवस्था,श्रम गरेवापतको ज्याला,सुिवधिा,मानव अधिकार,श्रम सम्झौतापत्र,नेपाली श्रमिक ठगिएको अवस्थाका न्यायका लागि कहा जाने लगायतका विषयमा विषेश चासो रहेको आयोगका सचिव मुरारीले बताए ।भारतमा काम गर्ने जाने नेपाली श्रमिकहरुको मावनअधिकारको विषयमा मानवअधिकार राष्ट्रिय आयोग अन्तर्गत रहेको सामुहिक अधिकार महासाखाका प्रमुख प्रमुख हरि प्रसाद ज्ञावलीले सधै जसो तेस्रो मुलुकका श्रमिकहरुका मानवअधिकारका विषयमा कुरा हुदाँ भारतमा श्रमका लागि जाने नेपाली श्रमीकहरुको बारेमा चोसो लिनु पर्ने भएका हुदाँ आयोगले यस विषयमा चासो र चिन्ता लिएको बताए । महासाखाका प्रमुख ज्ञवालीका अनुसार अध्ययनका क्रममा कणार्ली प्रदेश हुदै लुम्बिनी प्रदेश तथा सुदुरपश्चिमका बझाङ्ग,डोटी,डडेलधुरा ,कैलाली ,कंचनपुर लगायतका जिल्लामा अध्ययन गरीएको जानकारी दिएका छन ।अध्ययनका क्रममा नेपालीले नेपालीलाई नै ठगेको,भारतमा कम गर्ने गएका श्रमिक आफ्नो राष्ट्र आउँदा सिमाक्षेत्रका नेपालीका व्यवहारले गर्दा नेपाली हुनुको अनुभुति नहुनु,सिमामा हुुने दुवै पक्षको (भारत तथा नेपाल) विभिन्न तरीकाले ठगीने लगायतका समस्याहरु भएको प्रमुख ज्ञवालीले बताए ।

भारत गएका नेपाली श्रमीकहरुमा कामको भार बढि,बीमा,सम्झौता पत्र,नेपाली नागरीकहरु हराई रहेको ,ज्यालामा हिनामिना,सुरक्षाको अभाव लगायतको समस्या रहेको आयोगले जनाएको छ ।यता नेपालबाट भारत जाने नेपालीहरुको कुनै तथ्यांक नै छैन ,स्थानिय तहमा समेत यस विषयमा कुनै चासो नरहेको पाइएको छ ।छलफल तथा परामर्श कार्यक्रममा नेपालगज सिमानाकाका ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज माधव रिजाल,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई,माईती नेपाल नेपालगंजका संयोजक केशव कोइराला,पत्रकार तथा नेपालगंज उपमहानगरपालिका मेलमिलाप समितिका सचिव मधु पौडेल,शक्ति समुह बाँके निर्मला पौडेल,साथीसंस्थाका टिका शर्मा,पश्चिम तारा नेपालका परिना चौधरी,लगायतले सुझाव सहितको परामर्श दिएका थिए भने कार्यक्रमको सहजीकरण मानवअधिकार अयोगका अधिकृत किरण कुमार बरालले गरेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here