spot_img
Friday, July 26, 2024
Homeब्यानरमाटोका भाडा निमार्ण गर्ने कुम्हाल समुदायको पेशा संकटमा

माटोका भाडा निमार्ण गर्ने कुम्हाल समुदायको पेशा संकटमा

spot_img


शदियौ देखि माटोको भाडा बनाएर जिवन निर्वाह गर्दै आएका बाँकेका कुम्हाल समुदायको पेशा व्यवस्थित बजारको अभाव हुदाँसंकटमा परेको छ । चाडापर्वमा माटाका नयाँ भाँडाको प्रयोग गरीने भएता पनि प्रविधिसंगै विकास भएका प्लाष्टिक लगायतका भाँडाहरुको आयात तथा माटाको भाडाको बजारीकरणमा समस्या हुदाँ कुम्हाल समुदायको पेशा संकटमा परेको हो ।दशैतिहार छठ लगायतका पर्वहरुमा माटोको भाडाहरुको विषेश महत्व हुने भएता बजारीकरणमा आएको समस्या तथा प्लाष्टिकका भाडाको बढ्दो आयातले गर्दा बाँके जिल्लामा माटाका भाडा बनाएर गुजारा गरी रहेका कुम्हाल समुदायाको पेशा संकटमा परेको छ । प्लाष्टिक लगायतका भाडाका सामाग्रीहरुको आयात हुनु र अर्को तर्फ निमार्ण गरीएका माटोका भाडाको बजारीकरणमा ठुलो समस्या हुदाँ आफुहरुको पेशा नै धरापमा पर्ने थालेको माटोका भाडा बनाउँदै आएकी नेपालगंज उपमहानगरपालिका–१३ की सफिना कसगर बताउँछिन । कसगर भन्छिन,“पहिला जस्तो माटो पनि पाइदैन ,अनि बनाएका भाडाहरु बिक्री गर्नका लागि ठाउँ पनि छैन,सडक छेउमा कसरी व्यपार गर्ने,धेरै समस्या छ,” ।परम्परागत रुपमा माटोका भाडा बनाउँदै आएका स्थानिय कुम्हाल समुदायहरुलाई पछिल्लो समय भाडा विक्री गर्नका लागि बजारको व्यवस्था नभएको तथा नेपाल सरकारले माटाको भाडो निमार्णका विषयमा खासै चासो देखाएका छैन । खासगरी भाडाका भाडा बनाउँदै आएका कुम्हाल समुदायहरुलाई सरकारले बजारको व्यवस्थाको साथै निमार्ण सामग्री समेत सहयोग गर्नु पर्ने भाडा निमार्ण गर्ने कुम्हालहरुको माग रहेको छ । नेपालगंज उपमहानगरपालिका–१३ बस्ने रहमद अलि कसगर भन्छन,“भारत सरकारले हामी जस्तोलाई निमार्ण समाग्री दिएको छ,प्रविधिबाट भाडा बनाउँछन,नेपाल सरकारले पनि माटो भाडाका निर्माणका लागि सहयोग गर्नु पर्छ,”। उनी थप्छन,“हाम्रो यहाँ हामीलाई बिक्री गर्न पनि दिइदैन,नगरपालिका आएर पनि सडक छेउबाट भगाउँछन,प्रहरी आएर पनि धपाउँछ ।”

नयाँ नयाँ भाँडा,गागरो ,दियो,कलस लगायतका भाँडो बनाउँदै आएका कुम्हालको भाडामा सबैको आकर्षण रहेको देखिन्छ । यसरी सबैको आवश्यकतालाई पुर्ति गर्दै आएका माटाका भाडो व्यवसायीहरुको लागि स्थानिय सरकारले बजार लगायतको व्यवस्थापनमा ध्यान दिनु पर्ने नेपालगंज उपमहानगरपालिका–६ का प्रदिप दाहाल बताउँछन । स्थानिय दाहाल भन्छन,“माटोका भाडाको लागि मात्रै नभएर सबै चिजहरुको बजारको निश्चित स्थान तोकिदिनु पर्दछ,जसले गर्दा बिक्री गर्ने तथा उपभोक्ताहरुलाई समेत सहज हुन्छ ।” स्थानिय दाहालले निश्चित स्थान तोकिदिएमा सडकमा व्यवसाय गर्नु नपर्ने तथा यसले शहरको सुन्दरलाई नविगार्ने मधुर खबरसंग बताए ।यसैगरी स्थानिय सरकारले यस प्रकारका पेशा अपनाउदाँ आएका समुदायहरुका लागि विभिन्न कार्यक्रम ल्याएको भएता पनि संस्थागत गर्ने तथा जोगाउने विषयमा स्थानिय तहले अझै प्रभावकारी भुमिका खेल्न सकेका नसकेको भएता पनि परम्परागत पेशाको संरक्षणमा स्थानिय सरकार सकारात्मक रहेको नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर बताउँछिन । उपप्रमुख थापा भन्छिन,“प्लाष्टिकको भाडाको विकल्पमा माटोको भाडालाई ल्याइनु पर्दछ,जसका लागि हामिले स्थानिय तहबाट बजेट छुट्टाउन पनि तयार छौ” ।उपप्रमुख थापाका अनुसार माटोको भाडा वातावरणमैत्री भएको हुदाँ माटोका भाडा बनाउँने समुदाय तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्नका लागि उपमहानगरपालिका सकारात्मक रहेको छ ।माटोका भाडा निर्माण गरी जिवन गुजारा गर्नु एक छुटै समुदायको बाध्यता भएता पनि यसले बाँके जिल्लालाई नै प्रतिनिधित्व गर्ने गर्दछ ।निर्वाचनका वेला विभिन्न आशाहरु बाड्दै हिडेका जनप्रतिनिधिहरु समेत भाडा बनाउने कुम्मालेको समस्याको समधान तिर ध्यान दिन सकेको छैनन । देशकै अल्पसंख्यकको रुपमा सुचिमा रहेको कुम्हाल समुदायको सुरक्षाका लागि उनीहरुको पेशाको सुरक्षा तथा व्यवस्थापन हुनु अति जरुरी रहेको देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here