मुरली गोडिया, बर्दिया
बर्दियाको मधुवन नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ । यो संग मधुवन नगरपालिकामा २ वटा बालविवाह मुक्त वडा घोषणा भएका छन । यस अघि वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरि सकिएको छ । शनिबार एक समारोहका विच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाको प्रमुख आतिथ्यतामा वडा नम्बर ८ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ । वडामा गरिएको सर्वेक्षण अनुसार १४ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्ति जन्मजय तिमिल्सेनाले बालविवाह घोषणा पश्चातको अवस्थालाई ध्यान दिन आग्रह गरे । घोषणा भन्दा पनि यसको कार्यन्वयको क्षेत्रमा जनप्रतिनिध लगायत सरोकारवाला निकायले निगरानी राख्नु पर्ने बताए । फरक प्रसंगमा बोल्दै मन्त्रि तिमिल्सेनाले मधुवन नगरपालिकामा वन्यजन्तुको आक्रमणले नागरिकको ज्युज्यान आकालमै जाने गरेको घटना प्रति दुख व्यक्त गर्दै यसका समाधानका लागी सवै जना जिम्मेवार बन्नु पर्ने बताए । स्थानिय सरकार, प्रदेश सरकार केन्द्र सरकार बीच समन्वय गर्दै स्थानिय नगारिकलाई वन्यजन्तुको आक्रमण बाट जोगाउनु पर्ने धारणा राख्नु पर्नेमा जोड दिए । घोषणा कार्यक्रममा शुभकामना दिंदै नगरप्रमुख तेज बहादुर भाटले विभिन्न चरणहरु पार गर्दै वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको बताए । सन २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त गर्ने रणनिति अनुसार मधुवन नगरपालिकामा पनि वालविवाह मुक्तका लागी कार्य गरि रहेको सम्पुर्ण सरोकारवाला निकाय तथा संघसंस्थालाई धन्यवाद दिए। यस्तै नगर प्रमुख भाटले फरक प्रंसगमा बोल्दै प्रदेश बाट वन्यजन्तु पिडित संग सरकार भन्ने कार्यक्रम हटाईएको प्रति दुख व्यक्त गरे। मधुवनमा जंगली जनावरको आक्रमणले नागरिक डरको घेरामा बाची रहको र ज्यान गुमाउने परिवारलाई दिंदै आएको रु १ लाखको कार्यक्रम हटाइएको प्रति आक्रोस व्यक्त गरे । नगर प्रमुख भाटले उक्त कार्यक्रम पुन सुचारु गर्न सामाजिक विकास मन्त्रि तिमिल्सेनालाई आग्रह गरेका छन । विहेवारी २० वर्ष पारी भन्ने नाराका साथ गरिएको कार्यक्रममा नगरपालिकामा भएको विभिन्न विद्यालय, महिला समुह, धार्मिक प्रतिष्ठान लगायतले ¥याली सहित बाजागाजाका साथ नृत्य समेत प्रस्तुत गरेका थियो ।
मधुवन नगरपालिकालाई नै वालविवाह मुक्त बनाउन पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (वि ग्रुप ), बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैर सरकारी संस्थाहरु विगत ३ वर्ष देखि कृयाशील छन् । यस अधि मधुवन नगरपालिकाको वडा नं ४ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।
