नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलिय पत्रकारिताको कारण लोकतन्त्र कम्जोर हुँदै गएको बताए । स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेको आयोजनामा शुक्रबार नेपालगन्जमा सम्पन्न हरि जमुना पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा बोल्दै प्रमुख विष्टले पछिल्लो समय ब्यवसायिक पत्रकारिता हराउदै गएको बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका विष्टले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा स्वतन्त्रता र निश्पक्षताको खाँचो रहेको बताउदै लोकतन्त्रलाइ बलियो बनाउन दलिय पत्रकारिताको अन्त्य हुनुपर्ने कुरामा जोड दिए ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले प्रदान गर्ने हरि जमुना पत्रकारीता पुरस्कार पत्रकार भगत राम थारु र पत्रकार रुपनी जिएमलाइ प्रदान गरिएको छ । शिक्षक तथा समाजसेवी माधबी शाहले स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखा मार्फत आफ्नो स्वर्गीय माता पिताको नामबाट स्थापना गरेको हरी जमुना स्मृती अक्षय कोष मार्फत उक्त पुरस्कार प्रदान गरिएको हो ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाकेको आयोजनामा सम्पन्न एक विशेष समारोहका बिच पत्रकार थारु र जिएमलाई हरि जमुना पत्रकारीता पुरस्कार प्रदान गरिएको स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष मन भण्डारीले बताए । पुस्कृत पत्रकार द्वयलाई नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, वष्ठि पत्रकार पुर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइ, स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका विर्तमान अध्यक्ष नमस्कार शाह लगायतले नगद रासी रु. ५ हजार १ सय ५१ सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।
पुरस्कार प्रदान कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार पुर्णलाल चुकेले अहिले को समयमा कुनै पनि निकायमा स्वतन्त्र ब्यक्ती पाउन मुस्किल भएको अबस्थमा स्वतन्त्र पत्रकार संघले पत्रकारिता जगतमा स्वतन्त्रताको खाँचो रहेको सन्देश दिँदै पत्रकार दलको झोले हुन नहुने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइले कुनै पनि राजनीतिक दलको गुलामी नबनी स्वतन्त्र र निश्पक्ष समाचार लेख्नु पत्रकारको धर्म भएको बताए । स्वतन्त्र पत्रकारिता गर्न नसक्ने ब्यक्ति पत्रकार हुन नसक्ने बताउदै उनले भने “आस्था र विचार भन्दा माथि उठेर पत्रकारिता गर्नु पत्रकारको धर्म हो ।”
सम्मान पश्चात बोल्दै सम्मानित पत्रकार द्धयले सम्मान पत्रकारिता क्षेत्रमा गरेको निरन्तरताको फल भएको बताउदै नियमित रुपमा स्वतन्त्र कलम चलाउने नछोड्ने बताएका थिए । कार्यक्रममा नेपालग पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरी, नेपालपत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य झलक गैरे, अन्तरालका कार्यकारी प्रमुख जय नारायण शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पुर्व अध्यक्ष तेज बिक्रम शाह, हरि जमुना स्मृती अक्षय कोषकी सञ्चालक माधवी शाह लगायतले बोलेका थिए ।
स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा परस्कारको घोषणा स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका निवर्तमान अध्यक्ष नमस्कार शाहले गरेका थिए । स्वतन्त्र पत्रकार संघका उपाध्यक्ष हेमराज भट्टले स्वगत गरेको कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका सचिब माधव कार्कीले सन्चालन गरेका थिए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











