spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाल सुनचाँदी व्यवसायी महासंघको ९ओैं स्थापना दिवस सम्पन्न

नेपाल सुनचाँदी व्यवसायी महासंघको ९ओैं स्थापना दिवस सम्पन्न

spot_img

नेपाल सुनचाँदी ब्यवसायी महासंघको नवौं स्थापना दिवस लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा भब्य रुपमा सम्पन्न भएको छ ।
स्थापना दिवसका अवसरमा महासंघले लुम्बिनी प्रदेशको भालुबाङमा प्रदेश स्तरिय कर सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरि केक काटेर ९ओैं स्थापना दिवस मनाएको छ ।नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बुद्धि बहादुर बि.क.को सभापतित्व तथा महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्माको प्रमुख आथित्यथामा सम्पन्न भएको उक्त कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष बुद्धिबहादुर बि.क.ले महासंघको स्थापना र कार्यक्रमको उद्देश्य त्यसको औचित्य, हालसम्म भएका प्रगति र आगामी दिनमा चाल्नुपर्ने कदम लगायतको बिषयमा प्रकाश पारेका थिए ।प्रमुख अतिथि विश्वकर्माले राज्यले व्यवसायीहरुले व्यसाय गर्दा राज्यको नियम कानुनको पालना गर्नुका साथै रचनात्मक कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।महासंघको स्थापना दिवसकै अवसरमा सहभागीहरुलाई कर सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डे, कर अधिकृृत धनिश्वर अर्यालले कर सम्बन्धी ऐेन, नियम तथा नियमावलीका साथै व्यवसायीले व्यवसाय गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा पनि तालिम दिएका थिए ।कार्यक्रममा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष लगायत पदाधिकारीहरुले शुभकामना दिएका थिए ।महासंघका प्रदेश सचिव दिलबहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रममा सो कार्यक्रममा उपाध्यक्ष गोपाल सुनार बराईलीले धन्यवाद ज्ञापन गरि समापन गरेका थिए । कार्यक्रममा प्रदेशको १३ वटै जिल्लाका जिल्ला, नगर संघका पदाधिकारी तथा प्रतिनिधिहरु गरि ५० जनाको सहभागिता रहेको थियो । वि.सं २०६९ साल फागुन २० गते महासंघको स्थापना भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here