spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाल रेडक्रस सोसाइटीको ५९ औ स्थापना मनाइयो

नेपाल रेडक्रस सोसाइटीको ५९ औ स्थापना मनाइयो

spot_img

नेपाल रेडक्रस सोसाइटीको ५९औं स्थापना दिवस बाँकेको नेपालगंजमा शनिवार मनाइएको छ ।
निरन्तरता भन्ने मुल नाराका साथ नेपाल रेडक्रस दिवस मनाइएको हो । दिवसको पूर्वसन्धयामा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेरेसोले समुदायसम्म पुर्याएको योगदान र जुनियर तथा युवा रेडक्रस स्वयंसेवकको आगामी भूमिका विषयक अनलाइन प्रविधिबाट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो भने भाद्र १९ गते शाखा कार्यालयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।
दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले विश्वमा भैरहेको विभिन्न प्रकारका घटना परिघटनामा रेडक्रसका स्वयंसेवकहरु निरन्तर परिचालन भई मानवीय सेवा दिदै आएको स्मरण गर्दै संस्थागत विकास र दुःखीपीडितको सहयोग गर्न सबैलाई अह्ववान गर्नु भयो ।
दिवसका अवसरमा नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले कविता वाचन र प्रवचन कार्यक्रममा रेडक्रस स्थापनाको बारेमा हेनरी ड्युनाको महान विचारको लघुवृतचित्र देखाईएको थियो । यसैगरी उपशाखाहरुले स्थानीय स्तरमा विविधि कार्यक्रमको आयोजना गरि दिवस मनाएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा शाखा र उपशाखाका पदाधिकारी, सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति शान्ति श्रेष्ठ र शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर लगायतले विचार राख्नु भएको थियो भने कार्यक्रम संचालन कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here