spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगंजको वडा न २ लगायत विभिन्न वडामा मेलमिलाप केन्द्र स्थापना

नेपालगंजको वडा न २ लगायत विभिन्न वडामा मेलमिलाप केन्द्र स्थापना

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.२ लगायत १०,१३ तथा १४ मा वडा स्तरीय मेलमिलाप समितिको कार्यालय उद्घाटन गरीएको छ । नेपालगंज उपमहानगरपालिकाको सहयोग तथा नेपालगंज उपमहानगरपालिका स्तरीय मेलमिलाप समितिको समन्वयनमा उक्त वडाहरुमा वडा स्तरीय मेलमिलापको कार्यालय उद्घाटन गरीएको हो । सोमबार नेपालगंज उपमहानगरपालिका वडा नं.२ मा मेलमिलाप केन्द्रको उद्घाटनमा बोल्दै वडा अध्यक्ष सुनिल सिंह हमालले जनप्रतिनिधि र प्रशासनिक कार्मचारीहरुले न्यायिक सम्पादन गर्नु भन्दा मेलमिलाप कर्ताले मेलमिलाप गराउदा निकै उत्तम हुने बताए । अध्यक्ष हमालले भने,“हामीहरुले न्यायिक क्रियाकलापमा प्रत्येक्ष सहभागि हुनु भन्दा यहीका स्थानिय मेलमिलाप कर्ताहरुले घरमै गएर समस्याको बारेमा बुझेर मेलमिलाप गर्नु पर्ने आवस्थामा कार्यालय निकै प्रभावकारी हुने छ ।”यसैगरी कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिका नगर स्तरीय मेलमिलाप समितिका संयोजक शिव कुमार बर्माले मेलमिलाप कार्यालय स्थापना गर्नुको उदेश्यका बारेमा प्रस्ट पारेका थिए । उद्घाटन तथा कार्यालय स्थापना कार्यक्रममा वडा सदस्य रामकुमार वैश्य,आशा विष्ट,वडा सचिव खेमराज सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी वडा नं.१० मा वडा अध्यक्ष विन्दु भुषण बस्नेतको अध्यक्षतामा मेलमिलाप समितिको कार्यालय स्थापना गरीएको नेपालगंज उपमहानगरपालिका मेलमिलाप समितिका सदस्य शिवराज सिग्देलले जानकारी दिएका छन। कार्यालय उद्घाटन कार्यक्रममा वडा सदस्य नर बहादुर विष्ट,वडा कार्यालय सचिव शान्ति केसी लगायतको उपस्थिति रहेको थियो । यसैगरी वडा नं.१३मा पनि वडा अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा कार्यक्रम गरी वडा नं.१३मा वडा स्तरीय मेलमिलाप समितिको कार्यालय उद्घाटन गरीएको छ ।उद्घाटन कार्यक्रममा वडा सदस्य सत्य नारायण यादव,ओम प्रकाश चौहान,तथा वडा सचिव राम कुमार पौडेल,नेपालगंज उपमहानगरपालिका नगर स्तरीय मेलमिलाप समिति सदस्य इन्दु पौडेल(अधिकारी) लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी वडा नं.१४ पनि वडा स्तरीय मेलमिलाप समितिको कार्यालय उद्घाटन गरीएको छ । नेपालगंज उपमहानगरपालिका उपमेयर तथा न्यायिक समिति संयोजक उमा थापा मगरको प्रमुख आतिथ्यमा भएको उद्घाटन वडा नं.१४ का वडा अध्यक्ष ओमकारनाथ मिश्रा कार्यालय उद्घाटनका अध्यक्ष रहेका थिए । कार्यक्रममा नेपालगंज उपमहानगरपालिका नगर स्तरीय मेलमिलाप समिति सदस्य सोनम मिश्रा,अस्मिता शाह महतरा ,वडा कार्यालय सचिव दामोदर ज्ञवाली लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपालगंज उपमहानगरपालिका नगर स्तरीय सामुदायिक मेलमिलाप समितिका सचिव मधु पौडेलले गरेको थिए ।

यस अघि नेपालगंज उपमहानगरपालिका वडा नं.१२,८,र २०मा वडा स्तरीय मेलमिलाप समितिको कार्यालय उद्घाटन तथा वडा स्तरीय मेलमिलाप समितिको संयोजकको समेत जिम्मेवारी प्रदान गरीएको नगर स्तरीय सामुदायिक मेलमिलाप समितिका संयोजक शिव कुमार वर्माले जानकारी गराएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here