spot_img
Saturday, July 27, 2024
Homeब्यानरनगरस्तरीय मेलमिलाप समितिको बैठक सम्पन्न

नगरस्तरीय मेलमिलाप समितिको बैठक सम्पन्न

spot_img

न्यायिक समिति संयोजक लगायतको उपस्थितिमा नेपालगंज नगरस्तरीय मेलमिलाप समितिको बैठक मंगलबार नेपालगंजमा सम्पन भएको छ । बाँके नेपालगंज उपमहानगरपालिका उपमेयर तथा न्यायिक समिति संयोजक उमा थापा मगरको प्रमुख आतिथ्यमा नेपालगंज उपमहानगरपालिका स्तरीय मेलमिलाप समितिको बैठक सम्पन्न भएको हो । मेलमिलाप समितिका संयोजक शिव कुमार बर्माको सभापतित्वमा सम्पन्न बैठकमा समितिका पदाधिकारी तथा न्यायिक समितिका सदस्यहरुले आ–आफ्नो भनाई राखेको थिए ।

नेपालगंज उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा थापा मगर ,सदस्य द्धय देउमन सुनार र पुष्पा भट्टराई तथा नेपालगंज उपमहानगरपालिका मेलमिलाप समितिका संयोजक शिव कुमार बर्मा लगायत समितिका पदाधिकारी तथा सदस्यहरु सामुहिक तस्विर खिचाउँदै

न्ययिक समितिका संयोजक तथा नेपालगंज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले मेलमिलाप कर्ताहरुले तठस्थ भए विवाद समाधान गर्नु पर्ने बताइन । उपप्रमुख थापाले सबै मेलमिलाप कर्ताहरुलाई पुर्नताजगी लगायतको कार्यक्रमहरु छिटै संचालन गर्ने बताईन ।न्ययिक समिति संयोजक तथा उपप्रमुख थापाले भनिन,“मेलमिलाप गराउने निकै गाह्रो विषय अतः यसमा हामीहरु निकै संवेदनशिल हुनु पर्दछ,” । उपप्रमुख थापाले बैठकमा मेलमिलाप कर्ताहरुले प्रक्रियामा रहेर काम गर्नु पर्ने बताईन ।यसैगरी नगरका न्यायिक समितिका सदस्य देउमन सुनारले मेलमिलाप कर्ताहरुलाई वडाहरुमा समन्वयका लागि सहयोग गरीने बताए । उनले भने,“अझै पनि वडाहरुमा मेलमिलाप कर्ताहरुको भुमिका बारेमा जानकारी नहुदाँ मेलमिलाप कर्ताहरुलाई निकै गाह्रो भएको गुनासो आएको छ त्यसलाई कम गर्दै लग्नु पर्दछ ।”यसैगरी न्यायिक समिति सदस्य पुष्पा भट्टराईले मेलमिलापका लागि सबै वडाहरुले अलग कोठाको व्यवस्था गर्नु पर्ने बताईन । सदस्य पुष्पाले भनिन,“नगरसंगै वडास्तरमा पनि मेलमिलापका क्रियाकलापलाई बढाईनु पर्दछ ।” यसैगरी नगर स्तरीय मेलमिलाप समितिका संयोजक शिव कुमार वर्माले समितिले गर्दै आएका काम तथा आगामी क्रियाकलापको बारेमा सबै सामु स्पष्ट पारेका थिए । मेलमिलाप समितिले छिटै नै नेपालगंज उपमहानगरपालिकाका २३ औटै वडाहरुमा मेलमिलाप केन्द्र व्यवस्थित गर्ने बताए ।संयोजक वर्माले भने,“नेपालगंज उपमहानगरपालिका अन्तरगत रहेका वडाहरुमा तत्काल वडाको समन्वयन गरी मेलमिलाप केन्द्र स्थापना गर्ने हो ।”। बैठकमा वडा स्तरीय मेलमिलाप कर्ताहरुका लागि बनाईएको परिचयपत्र समेत न्यायिक समिति संयोजक तथा उपमेयर थापा लगायत न्यायिक समिति सदस्यहरुले मेलमिलाप नगरस्तरीय समितिका संयोजक शिव कुमार वर्मालाई परिचयपत्र हस्तान्तरण गरेका थिए ।

नेपालगंज उपमहानगरपालिका भित्र सुचिकृत भएका मेलमिलापकर्ताहरुको परिचयपत्र हस्तान्तरण गर्दै न्यायिक समिति संयोजक तथा नेपालगंज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर र न्यायिक समिति सदस्यहरु तथा ग्रहण गर्दे मेलमिला समिति संयोजक तथा पदाधिाकारीहरु

बैठकमा समितिका सचिव मधु पौडेलले स्वागत तथा बैठकको सहजीकरण गरेका थिए ।बैठकमा नगर स्तरीय मेलमिलाप समिति सहसंयोजक उषा गौतम,सदस्य गगन पुन,आइला बोहोरा,इन्दु पौडेल,कविता क्षेत्री,शिवराज सिग्देल लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here