spot_img
Saturday, July 27, 2024
Homeब्यानरडुडुवाका स्वास्थ्यकर्मीलाई सम्मान

डुडुवाका स्वास्थ्यकर्मीलाई सम्मान

spot_img


बाँके जिल्ला डुडुवा गाउँपालिकाले गुणस्तरीय सेवा प्रदान गर्ने स्वाथ्यकर्मी तथा चौकी इन्चार्जलाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश वन,वातावरण तथा भुमि व्यवस्था मन्त्री सुरेन्द्र बहादुर हमाल लगायत कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी,गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी,कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधि राजकुमार शाहु लगायतको उपस्थितिमा सम्मान कार्यक्रम गरीएको हो ।
बाँके जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो स्थान हासिल गरेको डुडुवा स्वास्थ्य चौकीले एक कार्यक्रमका विच स्वाथ्य कर्मीको सम्मान गरेको हो ।डुडुवाले संचालन गरेको घरघरमा स्वास्थ्य सेवा अभियानले स्वास्थ्य क्षेत्रमा विशेष उपलब्धी हासिल गरेको भन्दै स्वास्थ्य शाखा इन्चार्ज तथा कर्मचारीहरुलाई कदर पत्र प्रदान गरीएको थियो ।डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्तर्गतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको आधारमा स्वास्थ्य कार्यालय बाँकेले विभिन्न सुचकको आधारमा उत्कृष्ठ छनौट गरेको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबै भन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।


डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ । अहिले पालिकाका तीन वटा स्थानमा निशुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा दुई वटा थप स्वास्थ्य एकाइको स्थापना, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको डुडुवा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।सम्मान कार्यक्रमपछि बनभोजका साथै सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिका अन्र्तगत ६ वटा स्वास्थ्य चौकीका सम्पुर्ण स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here