Post Views: 94
तनहुँ जिल्लाको आबुँखैरेनी गाउँपालिका–४ पावरहाउसस्थित पुलमा ग.१ क ४४६९ नम्बरको मिनी टिपर अनियन्त्रित भई पुलबाट करिब २५ मिटर तल खोलामा खसेर बुधबार दुर्घटना हुँदा टिपर चालक म्यादे गाउँपालिका(६ मनपाङ बस्ने ४७ वर्षीय राम बहादुर दमैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।