जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो तथा शितलहर प्रभावितलाई न्यानो कपडा सहयोग गरेको छ । न्यानो कपडा वितरणका क्रममा बाँके बाल सुधार गृहलाई मंगलबार १०० थान कम्मल वितरण गरेको हो । व्यवस्थापन समितिका सदस्य सचिव राम कुमार सोनकरले बाल सुधार केन्द्रका वार्डेन मलखे सिह र बालकहरुलाई उक्त कम्मल वितरण गरेका थिए । समितिले ६०० कम्मल खरिद गरी चिसो प्रभावितहरुलाई कम्मल र दाउरा वितरण गरिरहेको छ ।
00