spot_img
Saturday, July 27, 2024
Homeब्यानरजानकीमा कांग्रेसको घरदैलोमा उत्साहजनक सहभागिता

जानकीमा कांग्रेसको घरदैलोमा उत्साहजनक सहभागिता

spot_img

बाँकेको जानकी गाउँपालिकामा शनिबार भएको घरदैलोमा उत्साहजनक सहभागिता रहेको छ । उक्त गाउँपालिकाको वडा नम्बर २ नेवाजी गाउँमा गरिएको घरदैलोका क्रममा कांग्रेसका उम्मेदवारलाई जिताउन स्थानीयले स्वःस्र्फुत रुपमा सहभागिता जनाएका हुन् । कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार छब्बन खाँ, उपाध्यक्षका उम्मेदवार रामप्यारी यादव, वडा नम्बर २ का वडाअध्यक्षका उम्मेदवार अनिलकुमार वर्मा, वडा सदस्य विश्राम बढही, राम धिरज यादव, श्यामकुमारी खटिक र गिता घर्तीमगर लगायत कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, सर्बसाधारणको सहभागिता रहेको थियो । बाजागाजा सहित घरदैलोमा निस्केका कांग्रेसका उम्मेदवारलाई स्थानीय बासिन्दाले स्वागत गरेका थिए । सो क्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, सचिव सुधान्सु कोइराला, कोषाध्यक्ष यज्ञ बस्नेत, जिल्ला सदस्य चन्द्र गुप्ता लगायत पुगेका थिए । गाउँपालिका अध्यक्षका उम्मेदवार खाँ र उपाध्यक्षका उम्मेदवार यादवले आफुहरुलाई एक पटक जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे। ‘हामीलाई एक पटक तपाईको सेवा गर्ने अवसर दिनुस्, हामी विजयी भयौं भने तपाईको सेवा गर्नेछौं,’ खाँले भने । उपाध्यक्षका उम्मेदवार यादवले जनताको सेवा गर्नका लागि आफु राजनीतिमा आएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here