spot_img
Saturday, July 27, 2024
Homeराजनीतिघर–घर जाऔ,कांग्रेस जिताऔ” अभियान तिव्र पारिदै,नेपालगंज उपमहानगरपालिका–१ मा वडा कार्यालय स्थापना

घर–घर जाऔ,कांग्रेस जिताऔ” अभियान तिव्र पारिदै,नेपालगंज उपमहानगरपालिका–१ मा वडा कार्यालय स्थापना

spot_img

स्थानीय तह निर्वाचन लक्षित “घर–घर जाऔं, कांग्रेस जिताऔं” नामक अभियानका लागि जिल्लाका वडा तथा टोलमा विभिन्न कार्यक्रम गरिएका छन् । अभियान अन्तरगत कांग्रेसले बाँकेका ८१ वटै वटामा जिल्ला प्रतिनिधी खटाएर दैनिक रुपमा कार्यक्रम गरेको हो । अभियानकै क्रममा सोमबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस वडा समितिको कार्यालय उद्घाटन तथा स्थापना गरीएको छ । नेपाली कांग्रेस वडा नं.१ सभापति सीता देवी काफ्लेको सभापतित्वमा समितिको कार्यालय स्थापना तथा उद्घाटन गरीएको हो ।कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति नारायण प्रसाद गौडेल,सहसचिव रेणु सिंह यादव,जिल्ला सदस्य मन प्रसाद आर्चाय,यज्ञ बहादुर बस्नेत,क्षेत्रिय सभापति क्षैत्र नं.२ का रमेश कुमार गुप्ता,महाधिवेशन प्रतिनिधि मुकुन्द बहादुर केसी ,उमा थापा मगर,प्रदेश नं.२ सदस्य प्रतिनिधि नारायणी रुपाखेती,तरुण दल जिल्ला सचिव विनोद रिजाल,नेपाली कांग्रेस नगरसभापति प्रशान्त विष्ट,लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा वक्ताहरुले कांग्रेसलाई जिताउन कुनै पनि कसर बाँकी राख्न नहुने बताएका थिए ।बक्ताले वडाको विकासका लागि कांग्रेसलाई जिताउनु पर्ने बताए ।नेपाली कांग्रेस वडा नं.१ का सहसचिव गंगाराम थापाले स्वागत मन्तव्य दिएको कार्यक्रमको सहजिकरण विष्णु बहादुर बोगटीले गरेको थिए । कांग्रेसले नै देशमा विकास र समृद्धि ल्याउने उनीहरुको भनाई थियो । कांग्रेस बाँकेले उक्त वडामा जिल्ला सदस्य मन प्रसाद आर्चाय तथा क्षेत्र नं.२ बाट उमा ग्राण्डन लगायतको टिमलाई खटाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here