spot_img
Saturday, July 27, 2024
Homeब्यानरगाउँपालिकाको विद्यालयमा प्रोजेक्टरबाट पढ्न पाईने

गाउँपालिकाको विद्यालयमा प्रोजेक्टरबाट पढ्न पाईने

spot_img

बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ पेरानी स्थित शिवशक्ति माध्यमिक विद्यालयका विद्यार्थीहरुले अव प्रोजेक्टरबाट अध्यापन गर्न पाउने भएका छन ।
विद्यालयले शिशु कक्षादेखि ३ कक्षासम्मका बालबालिकालाई स्मार्ट टिभीको माध्यमले अध्यापन गराइरहेको छ भने ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइरहेको हो ।
८९५ विद्यार्थी रहेको विद्यालयले प्रविधिका माध्यमले पठनपाठन गराउँदा पाउँदा शिक्षण सिकाई अझै प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक पुस्कर खड्काले बताए । प्रविधिमैत्री शिक्षण गराइरहेका राष्ट्रले शिक्षामा उल्लेख्य प्रगति गरेको बताउँदै प्राधानाध्यापक खड्काले प्रोजेक्टर प्रविधि पूर्णरुपमा कम्प्युटराइज भएको बताए । उनले यसरी कम्प्युटरका माध्यमले पठनपाठन गराइँदा शिक्षक एवम् विद्यार्थी दुवैलाई प्रविधिको राम्रो ज्ञान हुने बताए ।
कम्प्युटरमा आधारित शिक्षण विधि भएकाले यसमा समायोजन हुन शिक्षक एवम् विद्यार्थीलाई केही समय लाग्ने भए पनि शिक्षकले परम्परागत रुपमा आफूले जे जान्यो त्यही पढाउने शैलीमा परिवर्तन आउने बताए । प्रोजेक्टर शिक्षण विधि श्रव्य एवम् दृश्यका माध्यमले पढाइने भएको हुदाँ शिक्षण अभ्यास देखि लिएर कक्षा क्रियाकलापमा समेत सहज हुने गर्दछ । शिक्षण सिकाइमा प्रोजेक्टरको प्रयोग हुँदा विद्यार्थीलाई पढाइमा अभिरुचि जाग्ने, दृश्यका माध्यमले प्रत्यक्ष रुपमा विद्यार्थीले निगरानी गर्न पाउँछन् भने सधैं उही कुरा पढाइ राख्दा शिक्षकमा आउने शिक्षणप्रतिको अभिरुचि घट्ने समस्या समाधान हुन्छ ।

राप्ती सोनारी गाउँपालिका शिवशक्ति माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीहरु

विद्यालयले ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई पठनपाठन गराउनका लागि १३ वटा प्रोजेक्टर जडान गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त प्रोजेक्टर खरिद गरिएको हो । ६ लाख पचार हजार रुपैयाँ खरिद गरिएको हो ।
बुधबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीलगायतले शिक्षण सिकाइमा प्रोजेक्टरको प्रयोगको शुभारम्भ गरेकी छिन् । विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवी, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतको उपस्थिति रहेको कार्यक्रममा बोल्दै उपाध्यक्ष खत्रीले गाउँठाउँमा प्रविधिका माध्यमबाट पठनपाठन गर्न पाउनु विद्यार्थीका लागि ठूलो अवसर भएको बताइन् । उनले यसको सक्दो सदुपयोग गरी भविष्य सुचिश्चित गर्न विद्यार्थीलाई आह्वान गरिन् । उपाध्यक्ष खत्रीले गाउँपालिकाले शिक्षामा ठूलो लगानी गरेको बताउँदै विद्यालयमा कम्प्युटर कक्ष निर्माणका लागि १०लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् । विद्यालयमा २२ शिक्षक र कर्मचारी गरी २७ जना रहेको छन् .

प्रोजेक्टरको उद्घाटन गर्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री साथमा अन्य अतिथिहरु
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here