spot_img
Saturday, July 27, 2024
Homeब्यानरकोरोना संक्रमणका कारण दुई जना पत्रकारको मृत्यु, महासंघ स्तब्ध

कोरोना संक्रमणका कारण दुई जना पत्रकारको मृत्यु, महासंघ स्तब्ध

spot_img

कोरोना संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्स प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्चारउद्यमी महेन्द्र शेरचन र झापास्थित रेडियो झापाका सञ्चालक तथा स्टेसन म्यानेजर गणेश शिवाकोटीको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको जनाएको छ ।
महासंघ अनुसार कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत सञ्चारउद्यमी शेरचनको उपचारकै क्रममा भाद्र २ बुधबार निधन भएको थियो भने रेडियो झापाका स्टेसन म्यानेजर शिवाकोटीको झापास्थित आम्दा अस्पतालमा उपचारकै क्रममा भाद्र ३ गते बिहीबार निधन भएको हो ।
महासंघ स्वर्गीय सञ्चारउद्यमी शेरचन र स्टेसन म्यानेजर शिवाकोटीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना सहित गहिरो समवेदना समेत व्यक्त गरेको छ ।
कोरोनाकै कारण हालसम्म २३ जना पत्रकार तथा सञ्चारकर्मीको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूणर् यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूणर् स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको महासचिव रोसन पुरीले जनाएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here