spot_img
Saturday, July 27, 2024
Homeब्यानरएक वर्षे विएडको निरन्तरता वा हटाउने सम्वन्धमा नेपालगंजमा छलफल

एक वर्षे विएडको निरन्तरता वा हटाउने सम्वन्धमा नेपालगंजमा छलफल

spot_img


एक वर्षे विएड पछिल्लो समय फेजआउटको अवस्थामा पुगेको छ । यसरी फेजआउटमा पुगेको एक वर्षे विएडलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा अहिले त्रिभुवन विश्वविद्यालयमा छलफल जारी रहेको छ । सोही सिलसिलामा विहिबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा पनि त्रिभुवन विश्व विद्यालयको तिन सदस्य टोलीले क्याम्पसका क्याम्पस प्रमुख लगायतसंग रायसुझाव लिने काम गरेको छ ।काठमाडौ महेन्द्र रत्न क्याम्पस ताहचल अंग्रजी शिक्षा सहप्राध्यापक डा.कमल कुमार पौडेल,शिक्षाशस्त्र केन्द्रिय विभागका चोलाकान्त घिमिरे र डा. कमल प्रसाद आर्चायको टोलीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा पुगी राय सुझाव लिने काम गरेको हो ।राय सुझाव लिने क्रममा एक वर्षिय विएड तथा चार वर्षे विएडलाई अझै प्रभावकारी रुपमा कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका क्याम्पस प्रमुख लालमणी आर्चायले जानकारी दिए ।गुणस्तरीय तरीकाले एक वर्षे विएड तथा चार वर्षे विएडलाई लैजानु पर्ने सुझाव उपस्थित प्राध्यापकहरुले दिएका छन ।

एक वर्षे विएडलाई अझै प्रभावका बनाउनका लागि यसको व्यवस्थापन लगायतका पक्षमा ध्यान दिदै हटाउनु भन्दा पनि निरन्तरताका लागि सुझाव दिएको सहायक क्याम्पस प्रमुख विष्णु प्रसाद शर्माले जानकारी दिए । छलफलमा शिक्षाशास्त्र संकाय सहायका क्याम्पस प्रमुख डा.ईन्द्र बहादुर भण्डारी,विद्यार्थी कल्याण शाखाका विष्णु बहादुर केसी,शिक्षण अभ्यास शिक्षण प्रमुख नारायण प्रसाद आर्चाय,सहप्राध्यापक गुरु प्रसाद गौतम,उपप्राध्यापक राजकुमार थारु,प्राध्यापक मधु पौडेल लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here