spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

spot_img


सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका–१० टोली खोलाबाट करिब ५ ग्राम ५४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भेरीगंगा नगरपालिका–९ बस्ने ३८ वर्षीय टेक बहादुर देवकोटा र सोही ठाउँ बस्ने २४ वर्षीय जनक विष्ट रहेका छन् । नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ ख ६२०५ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा जिल्ला भद्रपुर नगरपालिका–१ चियाबगानबाट नियन्त्रित लागूऔषध ३५ एम्पुल लुपिजेसिक, ४३ एम्पुल डाइजेपाम र ४२ एम्पुल फेनारगन सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यसैगरी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट १ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ८४ हजार रुपैयाँ सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–५ बस्ने ३० वर्षीय दोर्ण बहादुर रावल, सोही उपमहानगरपालिका–२ बस्ने २९ वर्षीय टेक बिष्ट र सोही उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय मनिष भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित रावलले संचालन गरेको ग्लोबल मोवाईल ग्यालरीभित्र उक्त लागूऔषध कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरुले प्रयोग गरेको भे.११ प ७५७६ र से.७ प ७२०६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here