नेपालगन्ज । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (FECON Lumbini) को दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट संघको नयाँ कार्यसमिति, सल्लाहकार समिति तथा सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन्
निर्वाचित कार्यसमितिको अध्यक्षमा दिपेन्द्र कुँवर चयन भएका छन्। उपाध्यक्षमा बिनोज बास्तोला, सचिवमा एस.पी. बुढा तथा कोषाध्यक्षमा विवेक लम्साल निर्वाचित भएका छन्।
यसैगरी, संघका सदस्यहरूमा अर्जुन के.सी., विजय छिनाल, फलेन्द्र बुढाथोकी, सन्तोष बस्नेत र तोरण खाम्छा चयन भएका छन्। सल्लाहकार समितिको संयोजकमा कुलदीप शर्मा तथा सदस्यहरूमा ओम प्रकाश रिजाल र रोनीश गौतम रहेका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। नव–निर्वाचित नेतृत्वले संस्थागत सुदृढीकरण, सदस्यहरूको हित संरक्षण तथा शैक्षिक परामर्श क्षेत्रको गुणस्तर अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनले संघलाई थप सक्रिय र प्रभावकारी बनाउँदै लुम्बिनी प्रदेशमा शैक्षिक परामर्श क्षेत्रको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।