पश्चिम क्षेत्रको मुख्य बस पार्कको रुपमा रहेको नेपालगंज बसपार्कमा शुद्ध पानी पिउन पाइने भएको छ । पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट र जिल्लाका लागि बस चढ्न आउने यात्रुहरुलाई शुद्ध पिउने पानीको व्यवस्था नभएको गुनासो आइरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिकाको पहलमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गरीएको हो । नेपालगज उपमहानगरपालिकाको पहलमा सिद्धार्थ बैकको सहयोग तथा शिवशिब्त जनरल एण्ड अर्डर सप्लायर्सको संरग्क्षण तथा व्यवस्थापनमा नेपालगंज बसपार्कको गेटमा पिउने पानीको व्यवस्था गरीएको हो । नेपालगंज उपमहामहानगरपालिका मेयर प्रशान्त विष्टले मंगलबार एक कार्यक्रमका विच शुद्ध पिउने पानीको शुभारम्भ गरेका थिए । बसपार्कमा दैनिक सयौ यात्रुहरुको आउने र जाने हुने भएकोले यात्रुहरुको सुविधालाई ध्यानमा राखि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको मेयर विष्टले बताए । मेयर विष्टले नगरका अन्य स्थानमा पनि यसअघि शुद्ध पिउने पानीको व्यवस्था गरिएको बताउँदै आवश्यकताका आधारमा अन्य क्षेत्रमा समेत पिउने पानीको व्यवस्था मिलाइने बताए । नेपालगंज उपमहानजगरपालिका वडा नं.४ का वडा अध्यक्ष गोपाल पुन,सिद्धार्थ बैकका लुम्बिनी प्रदेश प्रमुख उपेन्द्र गर्तोला र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सका दिलबाहादुर थापाले निःशुल्क पिउने पानीको व्यवस्थाले यात्रु लगायत सर्वसाधारण लाभान्वित हुने बताए । रेखदेख, संरक्षण ,सरसफाई र व्यवस्थापनको जिम्मा शिव शक्ति जनरल एण्ड अर्डर सप्लायर्सले लिएको छ भने सिद्धार्थ बैकले खानेपानी मेसिन उपलब्ध गराएको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00