नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त“चाचाजी”को ९५ औ जन्मजयन्तीका अवसरमा नेपाल प्रेस युनियन बाँकेले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ ।गुप्तको जन्मजयन्तीको अवसरमा बाँके युनियनले मंगलबार संचारकर्मीको निःशुल्क मिगौला परिक्षण गराएको छ । युनियन बाँके र बरिष्ठ पत्रकार पन्नालाल गुप्त प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्टल सिटि हस्पिटलको सहकार्यमा मंगलबार शिविर गरेको हो । नेपाल प्रेस युनियनका केन्द्रिय वरिष्ठ उपाध्याक्ष प्रेम केसी र प्रतिष्ठानका अध्यक्ष विजय गुप्तले उद्घाटन गरेको कार्यक्रमको सभापतित्व नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकालले गरेको गरेका थिए । नेपाल पत्रकार महमासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले गुप्तको पत्रकारीताका बारेमा चर्चा गरेको कार्यक्रममा युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको थिए । यसैगरी युनियन बाँकेका सचिव भिष्म लोधका अनुसार “चाचाजी” को जन्मजयन्तीको अवसरमा बुधबार नेपाली पत्रकातिाको अवस्था,सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरीने भएको छ भने विहिबार तीज विशेष महोत्सव र महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता कार्यक्रम गरीएको भएको बताए ।यसैगरी मंगलबार भएको मृगौला परीक्षणमा ६८ जना पत्रकारहरुले आफ्नो मृगौला परिक्षण गराएको समेत सचिव लोधले जनाकारी दिए ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00