भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादु शाहले बाँकेमा देखिएको रगतको अभावलाई न्युनिकरण गर्नका लागि प्रत्येक ६/६ महिनामा(अर्ध बार्षिक ) रक्तदान कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छन । मध्ये र पश्चिम क्षेत्रका विरामीहरुको केन्द्रको रुपमा भेरी अस्पताल हुदै गर्दा यहाँ उपचार गर्न आउने विरामीहरुलाई रगतको समस्या हुन नदिनका लागि प्रत्येक ६/६ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताए ।नेपाल तरुण दल बाँके जिल्ला अध्यक्ष समेत रहेको शाहले आफु अस्पताल विकास समितिको अध्यक्ष भएर आउँदा उपचारका कामहरु अस्पतालले गर्ने भएता पनि रगत अभावको विषयमा अस्पतालका तर्फबाट थोरै मात्र रक्तदान कार्यक्रमको आयोजना भएको देखिएको हुदाँ अबका दिनमा रक्तदानको कार्यक्रमलाई अझै प्रभावकारी रुपमा बनाएर लैजाने अध्यक्ष शाहले बताए ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00